छ महिनामा मन्थली नगरपालिको जम्मा २० प्रतिशत मात्रै बजेट खर्च (पूर्णपाठसहित)

| पुस २८, २०७८ बुधबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२८ पुष, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना सम्मको खर्च सन्तोष जनक नभएको बताएको छ । नगरले गत पुष २० गतेसम्म जम्मा २० प्रतिशत मात्रै बजेट खर्च गरेको जनाएको छ । 

 

बुधबार आज नगरेको १० औं नगरसभामा प्रस्तुत गरिएको विवरणलाई पत्रकार सम्मेलन गरि जानकारी दिदै नगरप्रमुख रमेश कुमार बस्नेतले बजेट खर्च सन्तोष जनाक नभएको बताए । 

 

 

सार्वजनिक गरिएको विवरणमा जम्मा २० करोड ९५,लाख १३ हजार एक सय ६१ खर्च भएको उल्लेख छ । यो कूल बिनियो जित बजेटको २० प्रतिशत हो । जसमा चालु तर्फ १४ करोड ९६ लाख ६३ हजार ६८ अर्थात २८‌‌‍.४७ प्रतिशत रहेकोमा पुँजीगत तर्फ जम्मा ५ करोड ९८ लाख ५० हजार ९२ अर्थात ११‍.२१ प्रतिशत खर्च भएको तथ्याङ्कमा उल्लेख छ । 

 

यसरी पुँजीगत तर्फ भएको खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन जारी विवरणमा उल्लेख गरिएको छ । 

 

नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल एक अर्ब ७ करोड ८५ लाख ३८ हजार आठ सय ७२ बजेट बिनियोजन गरेको थियो ।  

पूर्णपाठ हेर्नुहोस्