रामेछापमा आजदेखि स्मार्ट लकडाउनः माघ १५ सम्म सबै बिद्यालय बन्द, २५ जना बढी भेला हुन रोक (सूचनासहित)

| पुस २९, २०७८ बिहिबार

तस्विर फाइल मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२९ पुष, रामेछाप । रामेछाप जिल्लामा सार्वजनिक स्थलमा भिडभाड हुने सबै प्रकाशका राजनीतिक, प्रशासनिक रसामाजिकरसाँस्कृतिक कार्यक्रमहरु गर्ने नपाईने भएको छ । तर, अत्यावश्यक नियमित कार्यक्रमहरुको हकमा भने स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्ने पाईने भएको छ । 

 


जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बुधबार बसेको बैठकले गृह मन्त्रालयको निर्णयलाई कार्यान्वयन् अनुसार गएराति १२ बजे देखि लागू हुनेगरि अर्को सूचना नभएसम्मको लागि भिडभाड हुने गतिविधिमा रोक लगाईएको हो । 

 

देशव्यापी रुपमा कोरोना संक्रमण दैनिक तिब्र गतिले बढ्न थालपछि सरकारले स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको छ । रामेछापमा पनि आजदेखि अघोषित रुपमा स्मार्ट लकडाउन लागू गरिएको हो । हाल जिल्लामा संक्रमित न्यून रहेपनि संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बन्दाबन्दीलाई अगाडि सारेको हो । 

 

कोरोनाको जोखिम बढेपनि जिल्लामा दैनिक जसो भिड्भाड भने देखिन्छ । विभिन्न राजनीतिक भेला, तालिम, साधारणसभा, अधिवेशन लगाएतका गतिविधि दैनिक जोस हुने गरेका छन् । यसले पनि जोखिम बढाएको स्थानीयहरुको भनाई छ । सोही कुरालाई ध्यानमा राख्दै डिसिसिएमसीको बैठकले सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने निर्णय गरेको हो ।

‘कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिक लगायतका कार्यहरु नगर्नेरनगराउने, सार्वजनिक स्थलहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा माग ०७ गते देखि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड (मोवाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र सम्बन्धित निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाउने भनेको छ।’ 


त्यस्तै माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने समेत निर्णय लागू गर्ने भएको छ । भने शैक्षिक प्रतिष्ठानको पूर्व निर्धारित सेमेष्टर र परीक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी डेट् आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न पाउने उल्लेख  गरेको छ । 

 

त्यस्तै कोभिड-१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियानकै रुपमा अगाडि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तह र स्थानीय प्रशासनको समन्वयमा आवश्यक व्यवस्था मिलाउने, स्वास्थ्य कार्यालयले मिति माघ ६ देखि १० गतेसम्म १२/१७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई अभियानको रुपमा दोस्रो चरणको मोर्डना खोप लगाउने र माघ १३ देखि १७ गतेसम्म एस्ट्रजेनिका खोपको दोस्रो मात्रा लगाउने गरी स्थानीय तह तथा विद्यालय प्रशासनको समन्वयमा रही कार्यतालिका बनाउने निर्णय गरेको छ । 

 

जिल्लाका सबै सेवा प्रदायक निकायहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी सेवा प्रवाह गर्ने, जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड-१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने, अक्सिजनको आपूर्ति सहज बनाउन केभिङ-१९ को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । 

जिल्ला प्रशासन रामेछापको आदेश हेर्नुहोस्