आजदेखि रामेछापमा सार्वजनिक सवारीले सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने

| पुस २९, २०७८ बिहिबार

तस्विर फाइल
A A A
A A A

२९ पुष, रामेछाप । रामेछापमा आज बिहिबारदेखि सार्वजनिक सवारी साधनहरुले स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन् । 

 

जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बुधबार बसेको बैठकले जिल्लामा संचालन हुने सार्वजनिक सवारी साधनले सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको हो । 

 

‘सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने, अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सह(चालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने’ निर्णयमा भनिएको छ ।’  


कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले स्वास्थ्य मापदण्ड पालनालाई कडाई गरेको छ । 

आदेश हेर्नुहोस्