निर्माण व्यवसायी संघ रामेछापको अध्यक्षमा बलराम श्रेष्ठ

| पुस २९, २०७८ बिहिबार

A A A
A A A

२९ पुष, रामेछाप । रामेछाप निर्माण व्यवसायी संघ रामेछापको अध्यक्षमा बलराम श्रेष्ठ निर्वाचित् भएका छन् । 

 

बुधबार सदरमुकाम मन्थलीमा भएको आठौं जिल्ला अधिवेशन तथा वार्षिक साधरणसभाले श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो । 

 

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णा थापामगर, उपाध्यक्षमा राजन सुवेदी र लालबहादुर तामाङ् चयन भएका छन्  

 

त्यस्तै संघको महासचिवमा रामकुमार पाण्डे, उपमहासचिवमा सुरेन्द्र कार्की, सचिवमा बिनोद बुढाथोकी चयन र भिमसेन लामा चयन भएका छन् । 

 

त्यस्तै कोषाध्यक्षमा उत्तमकुमार कार्की र सहकोषाध्यक्षमा हरिवंश कडरिया सर्वसम्मत निर्वाचित भएका छन् ।