एकिकृत समाजवादी सुनारपानीको अध्यक्षमा बिष्णुबहादुर कार्कीः युवा संघ नेपालमा कृष्ण बसेल

| पुस २९, २०७८ बिहिबार

A A A
A A A

२९ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) सुनारपानीको अध्यक्षमा बिष्णु बहादुर कार्की चयन भएका छन् । कार्कीको अध्यक्षतामा बिहिबार आज २३ सदस्यीय वडा कमिटी गठन गरिएको जिल्ला कमिटी सचिवालय सदस्य एवं सुनारपानीका एसका नेता नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार एसको वडा उपाध्यक्षमा मैयाँ खत्री (पुरी), सचिवमा रामशरण कार्कीले जिम्मेवारी पाएका छन् । भने उप–सचिवमाद्वय सविना कार्की र ईन्द्रबहादुर पुरीले जिम्मेवारी पाएका छन् ।  पछिल्लो समय जिल्लाका ६४ वटै वडा कमिटी गठनलाई तिब्रता दिएको एसले आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको हो ।

 

पौष भित्र आठवटै स्थानीय तहसहित वडा कमिटी गठन सक्ने निर्णय गरेको एसले हालसम्म दुई स्थानीय तहसहित ४५ वटा वडा कमिटी गठन सकेको एस रामेछापले जनाएको छ ।

 


यसैबीच एकिकृत वडा कमिटी भेलाको अवसरमा एसले आफू निकट युव संघ नेपाल समेत गठन गरेको छ । एसले कृष्ण बसेलको अध्यक्षतामा ९ सदस्यीय युवा संगठन कमिटी गठन गरेको छ । 

 


जसको उपाध्यक्षमा शिवकुमार थापा,सचिवमा सुदिप कार्की, उपसचिवमा ईन्द्र पुरी र दिनेश कार्की चयन भएका छन् ।