नबराज ढकाल, तोपबहादुर थापा र मञ्जु पुर्वे कांग्रेस जिल्ला सदस्यमा मनोनित

| माघ ३, २०७८ सोमबार

A A A
A A A

३ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमिति रामेछापले थप तीन जनालाई सदस्यमा थप गरेको छ । 

 

 

सोमबार आज सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले नेता नबराज ढकाल, तोपबहादुर थापा र मञ्जु पुर्वेलाई  जिल्ला आमन्त्रित सदस्यमा थप गरेका हुन् । 

 

 

१४ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको तेस्रो बैठक बसी सकेको छ । कांग्रेस रामेछापले आफ्नो पदाधिकारी बैठक आठवटै स्थानीय तहमा राख्ने निर्णय गरिसकेको छ।