कांग्रेस रामेछापको कोषाध्यक्षमा लबबहादुर थापामगरः अर्को बैठक सुनापतिमा बस्दै

| माघ ४, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

०४,रामेछाप । नेपाली कांग्रेस रामेछापको कोषाध्यक्षमा लवबहादुर थापामगर नियुक्त भएका छन् । पार्टी सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले थापामगरको नाम कोषाध्यक्षको लागि प्रस्ताव गरेका थिए । जसअनुसार सो नामनै सर्वसहमतिले कोषाध्यक्षमा टुङ्गोलगाइएको थियो । 

 

१४ औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुको चौथो बैठकले थापामगरलाई कोषाध्यक्षमा नियुक्त गरेको हो । 

 

सोमबार रामेछापको साँघुटारमा बसेको पदाधिकारी बैठकले सर्वसहमतिमै उनलाई कोषाध्यक्षमा चयन गरेको हो ।

 

कांग्रेस रामेछापले आफ्नो पदाधिकारी बैठक छुटाछुटै स्थानीय तहमा गर्ने निर्णय गरेको कांग्रेसले चौथौ बैठक साँघुटारमा राखेको हो ।

 

हाल कांग्रेस रामेछापले १५–१५ दिनमा पदाधिकारी बैठक बस्दै आएको छ । आउदो बैठक २२ गते सुनापति गाउँपालिकामा राख्ने निर्णय गरेको पार्टीको प्रचार–प्रसार विभागकाका प्रमुख बनेका पत्रकार हिमाल ढुङ्गेलले रामेछाप टाइम्सलाई बताए ।  

 

थापामगर नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भूगोल अन्तरगत दोरम्बा गाउँपालिकाबाट खुल्ला जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।