कांग्रेस रामेछापको बैठकः ११ वटा उप–शाखा गठन,कोरोना संक्रमणबिरुद्धको ‘बुस्टर डोज’ ल्याउन पहल र साँघुटारलाई पर्यटन प्रवर्द्धन गर्ने निर्णय
०४ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्ला अनुशासन समिति सहित विभिन्न ११ वटा उप–शाखा गठन गरेको छ । साथै साँघुटार बजारलाई पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउने र कोरोना भाइरस संक्रमणबिरुद्धको खोपको तेस्रो मात्र ‘बुस्टर डोज’ जिल्लामा भित्राएर लक्षित समूहलाई उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ ।
सोमबार रामेछाप नगरपालिकाको साँघुटारमा बसेको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित चौथो पदाधिकारी बैठकले विभिन्न उप–शाखा विस्तार गरेको हो । जसमा अनुशासन समितिको संयोजकमा कमलप्रकाश सुनुवार चयन भएका छन् । सुनुवारको संयोजकत्वमा रामबिलास महतो र सावित्रा केसी दुई सदस्यीय समिति गठन गरिएको छ ।
त्यस्तै जिल्ला प्रशिक्षण शाखाको संयोजकमा पार्टीका उप–सभापति समेत रहेका नवराज थोकर चयन भएका छन् ।
त्यस्तै जिल्ला लेखा समितिको संयोजकमा ढाकलबहादुर थापा, जिल्ला प्रचार–प्रसार शाखा संयोजकमा हिमाल ढुंगेल, जिल्ला अभिलेख शाखा संयोजकमा सुमन्तकुमार कार्की चयन भएका छन् ।
त्यस्तै जिल्ला सम्पर्क समिति समन्वय शाखा संयोजकमा घननारायण श्रेष्ठ चयन भएका छन्, भने सह–संयोजकमा संजिव बि.क, सचिवमा शिवबहादुर बस्नेत छनोट भएका छन् ।
त्यस्तै जिल्ला महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा संयोजकमा चिना खड्का (कार्की), सह–संयोजकमा बिमला कार्की सचिवमा डोमा शेर्पा चयन भएका छन् ।
जिल्ला कार्यक्रम तथा समन्वय शाखा संयोजकमा कमान खड्का (दिपेन्द्र) जिल्ला संगठन शाखा संयोजकमा सीताराम कार्की, जिल्ला विकास शाखा संयोजकमा गुन्जबहादुर कार्की,
जिल्ला युवा तथा खेलकुद शाखा संयोजकमा जीतबहादुर कटुवाल चयन भएका छन् ।
सभापति पूर्णबाहदु तामाङ् ‘कान्छाराम’ को सभापतित्वमा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै पार्टीको तर्फबाट सचेतना फैलाउने, भिडभाड् नगर्ने निर्णय गरेको छ ।
कांग्रेसले देशका अन्य जिल्लामा तेस्रो खोप अर्थात ‘बुस्टर डोज’ लगाउन सुरु गरिएको तर, रामेछापमा भने उक्त खोप आउन नसकेको भन्दै पार्टीले सरकारसँग ‘बुस्टर डोज’ को मात्र ल्याउन तत्काल पहल गर्ने निर्णय गरेको ढुङ्गेलले जानकारी दिए ।
साथै कांग्रेस रामेछापले साँघुटार बजार ऐतिहासीक महत्व बोकेको बजार भएको उल्लेख गर्दै साँघुटारलाई पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
