मानवअधिकार संजाल रामेछापले भन्यो ‘बुस्टर डोज’ खोपको व्यवस्था र बजार अनुगमन गर, भिडभाड हुने सबै गतिविधि बन्द

| माघ ४, २०७८ मंगलबार

तस्विर फाइल मन्थली बजार, रामेछाप ।
A A A
A A A

४ माघ, रामेछाप । मानवअधिकार संजाल रामेछापले ‘बुस्टर डोज’ खोपको व्यवस्था गर्न सम्बन्धित् निकाएको ध्यानाकर्षण गरेको छ । संजालका संयोजक पाण्डव प्रसाईले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘मन्थली लगायतका बजार केन्द्रमा कडा स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न÷गराउन, कोभिड विरुद्धको बुस्टर डोज खोपको ततकाल व्यवस्था मिलाउन, अस्पतालमा पर्याप्त अक्सिजन लगायतको उपचारको व्यवस्था सहित तयारी अवस्थामा रहन, स्वास्थ्य मापदण्डको प्रयोग नगर्ने व्यवसायी तथा उपभोक्तालाई कडा कारबाहीको व्यवस्था मिलाउन ध्यानाकर्षण गरिन्छ भनिएको छ ।’

 


मंगलबार एक विज्ञप्ति जारी गर्दै संजालले जिल्लामा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिसकेको अवस्थामा पनि स्वास्थ्य मापदण्डमा कडाई नगरेको भन्दै चिन्त व्यक्त गरेको छ । 

 

उसले भनेको छ ‘जिल्ला भित्रने नाकामा जाँच सहितको हेल्थ डेक्स स्थापना गर्न, सक्रमितलाई अनिवार्य क्वारेन्टाइन बस्न लगाई आवश्यक अनुगमनको व्यवस्था मिलाउन, कोभिड परीक्षणको दायरालाई बढाउन, एम्बुलेन्स सेवालाई प्रभाकारी र सहज बनाउन, जिल्ला कोभिड-१९ विपत् व्यवस्थापन केन्द्रको कामलाई थप चुस्त, दुरुस्त र प्रभाकारी बनाउन, मानिसको भिडभाड हुने सबै खालका सभा, भेला, बैठक, छलफल, तालिम समेत तत्काल बन्द गर्न विषेश आग्रह गर्दछौं भनिएको छ । 


संजालले पहिलो र दोस्रो लहरको कोरोना संक्रमण फैलिएको तत्कालिन अवस्थामा पटक पटक सवाधानी अपनाउन आग्रह गर्दै आएको छ । साथै जिल्लामा सम्बन्धित निकायहरुसँग बहस तथा छलफल समेत गर्ने गरेको छ । 

 

रामेछापमा दैनिक २५ जना भन्दा बढीमा कोरोनाको संक्रमण भेटिन थालेपछि संजालले ध्यानाकर्षण गर्दै बालबालिकालाई बिहान विभिन्न समूह बनाएर खेल सम्बन्धि प्रशिक्षण सञ्चालन गरि रहेको पाइएकोले सो कार्य तत्काल बन्द गर्न÷गराउन जिल्ला र स्थानीय स्तरको अवस्था विष्लेशण गर्न समेत भनेको छ । 


साथै अपतको बेलामा बजारमा उपभोग्य सामानको कृतिम अभाव र मूल्यवृद्धि हुनसक्ने अवस्थालाई ध्यानमा राखी उचित अनुगमन र व्यवस्थापन गर्न, नागरिक स्तरबाट समेत स्वास्थ्य मापदण्डको पूर्ण पालन गर्न÷गराउन समेत संजालले आग्रह गरेको छ ।  

विज्ञप्ति हे्नुहोस्