रामेछापमा एक लाख बढिले कोरोना बिरुद्धको पहिलो खोप लगाएः आधाले मात्रै दोस्रो डोज, सक्रिय संक्रमित दैनिक बढ्दै

| माघ ४, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

०४ माघ,रामेछाप । रामेछाप जिल्लामा मंगलबार आज सम्ममा एक लाख बढीले कोरोना बिरुद्धको लगाएका छन् । जसमा पहिलो मात्र खोप मात्रै लगाउनेको संख्या बढी छ । भने, पहिलो मात्र खोप लगाएका आधा भन्दा बढीले पूर्ण खोप पाउन सकेका छैनन् । एक लाख १० हजार बढीले पहिलो मात्र खोप लगाइसकेको अवस्थामा दोस्रो खोप लगाउनको संख्या भने ६० हजार भन्दा बढी मात्रै छन् । कोरोना भाइरस सक्रिय संक्रमितको संख्या बढ्दै गएको परिस्थितिमा जिल्लामा हालसम्ममा ६२ हजार ४ सय ६९ जनाले मात्रै कोरोना बिरुद्धको दुवै डोज खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको दैनिक विवरणमा उल्लेख गरेको छ ।

 

जिल्लामा कूल एक लाख दश हजार सात सय १७ जनाले पहिलो मात्र अर्थात एक डोज खोप लगाईसकेका छन । तेस्रो डोज अर्थात ‘बुस्टर डोज’ को चर्चा लिरहेको बेलामा रामेछापमा भने दोस्रो मात्र लगाउनेकै संख्यानै न्यून रहेको हो । जिल्लामा गत पुष २४ गतेदेखि संक्रमित भएकाहरुलाई तेस्रो लहर सुरु भएको संक्रमितको तथ्यङ्कमा समावेश गरिएको उल्लेख छ । देशैभरी कोरोनाका संक्रमित बढ्दै जाँदा मंगलबार जिल्लामा संक्रिय संक्रमितको संख्या ८८ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 


पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेलामा जिल्लामा ४०-४५ जना सम्म संक्रमित् पाइएको थियो । तेस्रो लहरको सुरुवाति अवस्थामै पनि २५ जनासम्म संक्रित् भेटिन थालिसकेको छ । केही दिन यता दैनिक २५ जना भन्दा बढीमा कोरोनाको संक्रमण भेटिन थालेको छ । 


पहिलो र दोस्रो लहरमा दोलखा, सिन्धुली, धुलिखेल र काठमाडौं लगाएका ठाउँमा पीसीआर परिक्षण गर्दै आएको रामेछापले तेस्रो लहरसम्म आइपुग्दै भने जिल्ला अस्पतालबाटै पीसीआर परिक्षण गर्ने थालेको छ । त्यस्तै अक्सिजनसमेत उत्पादन हुदै आएको छ । 


जिल्ला कोरोना रोकथाम तथा व्यवस्थापन समितिले (डिसिसिएमसी) को बैठकले जिल्लामा भिडभाड जन्य गतिविधि आउदो माघ १५ गतेसम्म गर्न रोक लगाएका छ । भने, बिद्यालय पनि माघको १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । तर, कतिपय स्थानीय तहले भने नेपाल सरकारले दिएको विशेषअधिकारलाई प्रयोग गरेर विद्यालय संचालन गरिरहेका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरेरै विद्यालय संचालन गरिरहेको दाबी गर्दै आएका छन् ।


पहिलो र दोस्रो संक्रमणको चपेटामा परेको रामेछापमा हाल सम्ममा कूल ३६ जनाको संक्रमणकै कारण ज्यान गैसेको छ । जसमा २३ जना जिल्ला बाहिर रहेका हुन् भने, १६ जना पुरुष, र ७ जना महिलाले भने जिल्ला भित्रकै विभिन्न अस्पतालमा ज्यान गुमाएका हुन् । 


कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर हाल एक सय २५ वेडको आइसोलेसन बेड, ६० बेडको क्वारेन्टिन बेड तयार रहेको विज्ञप्तिमा उल्लेख छ । आठ स्थानीय तह रहेको रामेछापमा धेरै जोसो संक्रमितहरु होमआसोलेसनमै बसे । अहिले पनि ५२ जना संक्रमितहरु होमआइसोलेसनमै रहेका छन् ।