रामेछापमा कोरोनाका संक्रिय संक्रमित एक सय नाघ्योः आज २३ जनामा पुष्टि

| माघ ४, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

०४ माघ, रामेछाप । रामेछापमा आज मंगलबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमितको संख्या बढ्दै गएको रामेछापमा आज पनि संक्रमित थप भएका हुन् । पछिल्लो पाँच दिन यता जिल्लामा कोरोनाका संक्रमित दैनिक तिब्र गतिले देखिन थालेका हुन् । 

 

आज थपिएका २३ संक्रमितसँगै जिल्लामा संक्रय संक्रमितको संख्या एक सय नाघेको छ । कूल एक सय ११ जना संक्रिय संक्रमितहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले मंलबार जारी गरेको कोरोना सम्बन्धि जानकारी दिने अध्यायवधिक तथ्याङ्कमा उल्लेख छ । 

 

५४ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको विवरणमा उल्लेख छ ।  जसमा मन्थली नगरपालिकामा ३८, रामेछाप नगरपालिकामा १८ जना रहेका छन् ।

 

उता उमाकुण्ड गाउँपालिकामा ७, खाँडादेवी गाउँपालिकामा १८, गोकुलगङ्गा गाउँपालिकामा १३, लिखुतामाकोशी गाउँपालिकामा ६ जना संक्रमित रहेका छन् । 
भने दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकामा एक–एक जना संक्रमित रहेको बताइएको छ ।  

 

यता जिल्ला अस्पतालमा ३, गोकुलगङ्गा गाउँपालिकामा अस्पतालमा एक, लिखुतामाकोशी गाउँपालिकामा ४ जना गरी ९ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा रहेका छन् । 

 

आज देशभरी १० हजार २५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  २४ घण्टामा ५६२ जना निको भएका छन् । यस्तै थप एक जना सहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।

 

अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।