अनेरास्ववियू रामेछापः पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सिटामोलको अभाव अन्त्य लगाएतका समस्या समाधान गर्न ५ बुँदे माग

| माघ १३, २०७८ बिहिबार

A A A
A A A

१३ माघ,रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी रामेछापले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिनसहितका ५ बुँदे माग गर्दै ज्ञापन पत्र बुझाएको छ । उसले भनेको छ ‘आयल निगमले सरकारको निर्देशनमा गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि उधोगधन्दा, कलकारखाना आदिमा प्रतिकुल असर पर्न गई सार्वजनिक सवारीको भाडा दर समेत वृद्धि हुने र मुलुकको अर्थतन्त्रमा प्रतिकुल असर पर्न जाने हुँदा मूल्य वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गरियोस्’ बिहिबार प्रमुख जिल्ला अधिकारी दीपक पहाडीमार्फत ध्यानाकर्षण सहितको ज्ञापनपत्र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यलयमलाई बुझाएको सचिव पुष्कर भट्टराईले जानकारी दिए ।

 

अनेरास्ववियूले जारी गरेको ज्ञापन पत्रमा देशमा भ्रष्टचार बढेको र त्यसलाई नियन्त्रण गर्नको लागि काम गर्ने समेत माग गरिएको छ ।


टान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल चरण भ्रष्टचार हुने मुलुक मध्ये पाँचौं स्थानमा भएको तथ्याङ्क केही दिन अगाडि सार्वजनिक भएको थियो । सोही विषयलाई ध्यानकर्षण गर्दै अनेरास्ववियू रामेछापले ‘भ्रष्टचारले प्रशय पाएको र सरकार मौन दर्शक वसी भ्रष्टचार गर्न अभिप्रेरित गरेको जस्तो महशुस भएको हुँदा तत्काल भ्रष्टचार न्युनिकरण गर्न पहल कदमी अगाडि बढाउन अनेरास्ववियु जोडदार माग गर्दछ भनिएको छ ।’


साथै औषधिको समेत प्रवन्ध हुन नसकी रहेको हुँदा सिटामोलको कृतिम अभावको अन्त्य गरी जनताको स्वास्थ्य उपचारको उचित प्रवन्ध मिलाउन समेत माग गरेको छ । 

ज्ञापन पत्र हेर्नुहोस्