रामेछापमा राष्ट्रिय युवा संघले निकाल्यो सरकार बिरुद्ध राँके जुलुस (फोटोफिचर)

| माघ १४, २०७८ शुक्रबार

A A A
A A A

१४ माघ, रामेछाप । रामेछापमा राष्ट्रिय युवा संघले राँके जुलुस निकालेको छ । बिहिबार साँझ युवा संघले ‘स्थानीय तहको निर्वाचन तत्काल, घोषण गर, हिंसा मच्चाउन खोज्ने मन्त्री रेणु यादवलाई बर्खास्ती  गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी, फिर्ता गर, पार्टीले कार्वाही गरेको सांसदहरुको पद खारेज गर,  पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर’ लगाएतका नाराबाजी गर्दै युवा संघ रामेछापले बिरोध प्रर्दशन गरेको हो ।  

तस्विरः मोतिलाल तामाङको फेस्बुकबाट साभार


उनीहरुले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका थिए । 

बिहिबारै युवा संघले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । सोही विषयलाई समेत आन्दोलनमा द्वोर्याएका थिए । उनीहरुले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारको ध्यानाकर्षण गरे ।