रामेछापको गोकुलगंगा गाउँपालिका र भक्तपुरको थिमि नगरपालिकाबीच अस्पतालको सेवामा विकास गर्न भगिनी सम्बन्ध

| माघ १४, २०७८ शुक्रबार

A A A
A A A

१४ माघ,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले संचालन गरेको गोकुलगंगा अस्पताल र मध्यपुर थिमी नगरपालिका भक्तपुरले संचालन गरेको नेपाल कोरिया मैत्री अस्पतालको क्षमता विकासका लागि साझेदारी गर्ने सहमति भएको छ । शुक्रबार आज गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अस्पतालहरुको क्षमता विकासको लागि साझेदार गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।


पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै गोकुलगंगा अस्पतालको कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आवश्यक सहयोग गर्ने सहमति बनेको हो । त्यस्तै गोकुलगंगा अस्पतालमा सोही अस्पतालसंगको समन्वयमा विभिन्न शिविर समेत संचालन गर्ने, टेलिकल्टेशन मार्फत आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्ने, सहमति गरेको गोकुलगंगा गाउँपालिकाले जनाएको छ।  


त्यस्तै गोकुलगंगा अस्पतालबाट रेफर भएका बिरामीहरुलाई नेपाल कोरिया मैत्री नगरपालिका अश्पताल मध्यपुर थिमि भक्तपुरले निश्चित रकम छुटदिने समेत सहमति गरेको सहमति पत्रमा उल्लेख छ । गोकुलगंगा अस्पताल पालिकाले पालिकाको वडा नं ३ रस्नालुमा संचालनमा ल्याएको छ ।

सो अस्पताल बनेसंगै पालिकाका स्थानीयहरुले छिटो छरितो सेवा पाउदै आएका छन् । डाक्टर सहितको सेवा प्रदान गर्दै आएको अस्पतालमा भिडियो ऐ-क्सरे सहितका सेवा उपलब्ध छ ।