सरकार बिरुद्ध आन्दोलन चर्काउने अनेरास्ववियू रामेछापको निर्णय

| माघ १५, २०७८ शनिबार

A A A
A A A

१५, रामेछाप । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू रामेछापले सरकार बिरुद्ध आन्दोल चर्काउने निर्णय गरेको छ । 


शनिबार आज बसेको अनेरास्ववियूको सचिवालय बैठकले सरकारको गलत कदमका बिरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको अनेरास्ववियूका नेता सागरहरि अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । हाल एमाले निकट भातृ संगठनहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न लगाएका माग राख्दै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । 

 

उनका अनुसार आजको बैठकले कोरोना महामारी दिन प्रतिदिन बढ्दै गएकाले आवश्यकता अनुसार महामारी रोकथामको लागि अनेरास्ववियूले स्वयंसेवक परिचालन गर्ने, नयाँ वर्ष २०७९ नजिकिदै गरेकाले संगठनको विभिन्न सामग्री प्रकाश गर्ने, सङघठन निर्माण तथा परिचालन गर्ने र स्वर्गीय नेता बुद्दलाल तामाङको स्मृति दिवसको अवसरमा प्रतीक्षालय निर्माणको पहल गर्ने निर्णय गरेको जानकारी दिए ।