कांग्रेस प्रदेश साभ ‘क’ रामेछापको कार्यालय खिम्तीमा

| माघ १६, २०७८ आइतबार

A A A
A A A

१६, माघ, रामेछाप । नेपाली कांग्रेस प्रदेश साभ ‘क’ रामेछापले खिम्तीमा आफ्नो कार्यालय संचालनमा ल्याएको छ ।

 

 

शनिबार बसेको क्षेत्र नं १ को पदाधिकारी बैठकले कार्यालय संचालनमा ल्याएको हो । १४ औं जिल्ला अधिवेशन अन्तर्गत निर्वाचित् भएका पदाधिकारीहरुले क्षेत्रिय सभापति निरोज खड्का र उनीसंग सभापति पदमा निर्वाचनमा प्रतिस्पर्धा गरेका केशव महतसहितको उपस्थितिमा कार्यालय संचालनमा ल्याएका हुन् । 

 

क्षेत्र नं १ कांग्रेसले पार्टी कार्यालय संचालनमा ल्याउदै कांग्रेसलाई अब निर्वाचनका गतिविधिमा केन्द्रित भएर लाग्ने अठोट गरेको छ ।

 

साथै शनिबारको पदाधिकारी बैठकले क्षेत्र नं १ बाट बागमती प्रदेश सदस्य निर्वाचित भएका प्रदेश सदस्यहरु उज्ज्वल राम घिमिरे, भीमशेन बस्नेत र कल्पना खड्कालाई सम्मान समेत गरेको छ ।