कांग्रेस प्रदेश ‘क’ रामेछापको कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवार

| माघ १६, २०७८ आइतबार

A A A
A A A

१६, माघ, रामेछाप । नेपाली कांग्रेस प्रदेश साभ ‘क’ रामेछापले पार्टीको कोषाध्यक्ष र प्रवक्ता तोकेको छ । साथै एक जना कार्यसमिति सदस्य समेत थप गरेको छ । 

 

शनिबार पार्टी कार्यालय खिम्तीमा बसेको पदाधिकारी बैठकले कोषाध्यक्षमा चेत खड्कालाई नियुक्त गरेको छ, भने पार्टीको प्रवक्तामा कृष्णदास सुनुवारलाई चयन गरेको छ । १४ औं जिल्ला अधिवेशन अन्तर्गत निर्वाचित पदाधिकारीहरुको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो । साथै कुमार तामाङ (टासी) लाई कार्यसमिति सदस्यमा मनोनित गरेको  प्रवक्त सुनुवारले जानकारी दिए । 

 

 

साथै पहिलो पदाधिकारी बैठकले पारित गरेको निर्णय अनुसार प्रदेश सभा ‘क’ अन्तर्गत रहेका ३२ वटा वडाहरुमा टोल कार्यसमिति गठन गर्न गरिएको परिपत्र बमोजिम २० वटा भन्दा बढि वडाहरुमा टोल कमिटी गठनको कार्य सम्पन्न भएको प्रवक्त सुनुवारले जानकारी दिए । उनका अनुसार बाँकि वडाहरुमा टोल कमिटी गठन कार्य निरन्तर भैरहेकोले आवश्यकता अनुसार समन्वय गर्दै सबै वडाहरुमा तत्काल कमिटी गठन सक्ने निर्णय गरेको छ ।