अध्यक्ष ‘प्रचण्ड’ लाई भेट्न रामेछाप माओवादीका एक दर्जन नेता ‘प्रचण्ड’ निवास खुमलटार

| माघ १६, २०७८ आइतबार

तस्विर युवराज चौलगाईको फेस्बुकबाट साभार
A A A
A A A

१६ माघ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रामेछापको टोलीले शहीद दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको छ । आज देशव्यापी रुपमा शहीद दिवस विविध कार्यक्रम गरि मनाईदै छ । आजनै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न माओवादी रामेछापका नेताहरु पुगेका हुन् । 

 

 

अध्यक्ष प्रचण्डलाई भेट्न जिल्ला अध्यक्ष मैनकुमार मोक्तानसहितको टोली ‘प्रचण्ड’ निवास खुमलटार पुगेको रामेछापका माओवादीका नेता एवं केन्द्रीय सदस्य युवराज चौलगाईले जानकारी दिए ।  

 

 

उनका अनुसार भेटमा सांसद एवं माओवादी केन्द्रका केन्द्रिय सदस्यत्रय श्याम कुमार श्रेष्ठ ‘कुशल’,युवराज चौंलागाईं, र लक्ष्मी गुरुङ लगाएत खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुकमका वडा अध्यक्ष समेत रहेका माओवादीका नेता विष्णु श्रेष्ठसहित एक दर्जन बढि कार्यकर्ता खुमलटार पुगेका हुन् । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार