रामेछापका कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन- ‘पार्टीलाई सक्रिय बनाउदै,एक नम्बरको पार्टी बनाउनू, केन्द्रले सबै सहयोग गर्छ’

| माघ १६, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

१६ माघ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पार्टी बलियो बनाउन निर्देशन दिएका छन् । उनले भने ‘जिल्लामा पार्टीलाई  सक्रिय बनाएर लैजाँदै, पार्टीलाई एक नम्बरको बनाउनू’ । 


आइतबार माओवादी केन्द्र रामेछापका नेता कार्यकर्तासँग आफ्नै निवास खुमलटारमा भएको भेट तथा छलफलमा ‘प्रचण्ड’ ले यस्तो निर्देशन दिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलगाईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले रामेछापमा माओवादीलाई शक्तिशाली बनाउन केन्द्रीय कार्यालयले सबै सहयोग गर्ने बचन दिए । आजको भेटमा रामेछापमा पार्टी निर्माण गर्ने, पार्टीको स्थानीय स्तरका विविध विषयमा छलफल भएको चौलगाईले बताए ।  

 

भेटमा चौलगाईले रामेछापमा माओवादीको सफलताको लागि  महत्वपूर्ण अबसर रहेको सुनाएको जानकारी दिए । चौलगाईले भने ‘रामेछापमा पार्टीको बिजयी सम्भव छ– त्यसको लागि केन्द्रको निर्देशनमा स्थानीय कमिटीहरुसंग तालमेल गर्दै अगाडी बढ्नु पर्ने प्रतिबद्धता जनाउदाछौं ।’   जिल्लामा केन्द्रको निर्णय अनुसारनै पार्टी अगाडि बढ्ने उनको भनाई छ ।