कोरोना रोकथाममा रामेछाप प्रशासन र प्रहरीको जोडः स्वास्थ्य सुरक्षामा कडाई, मास्क वितरण

| माघ १६, २०७८ आइतबार

यात्रुलाई मास्क लगाउन सचेत गराउदै प्रजिअ दीपक पहाडी र प्रहरी प्रमुख नवराज ढुङ्गाना ।
A A A
A A A

१६ माघ, रामेछाप । कोरोना महामारी तिब्र रुपमा फैलिएको परिस्थितिलाई ध्यानमा राख्दै रामेछाप प्रशासनले स्वास्थ्य सुरुक्षामा कडाई गरेको छ । 

‘ओमिक्रोन’ भेरियन्टसहितको तेस्रो लहर फैलिएको तत्कालिन अवस्थालाई ध्यानमा राख्दै आज आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापले प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, जिल्ला प्रहरी   प्रमुख नवराज ढुंगाना, उद्योग वाणिज्य संघ रामेछापका प्रतिनिधि सहितको उपस्थितिमा मास्क नलगाउने पैदल यात्रु, यात्रुलाई मास्क लगाउन आग्रह गर्दै मास्क प्रदान गरेको छ । 

साथै जिल्ला सदरमुकाम मन्थली बजार आसपासका सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढि यात्रु बोकेका सवारीसाधनलाई समेत सिट क्षमता भन्दा बढि यात्रु नबोक्न सचेत गराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

पहिलो र दोस्रो लहरको कोरोना संक्रमण देखिनै प्रहरी र जिल्ला प्रशासनले संयुक्त रुपमा विभिन्न समयमा सचेतना मूलक कार्यक्रम गर्दै आएका छन् । 

तस्विर स्रोतः रामेछाप प्रहरी