‘आकाश फुटोस् वा धर्ती फाटोस् देश र जनता भन्दा ठूलो कोई छैन, गठबन्धन टुटेमा फरक पर्दैन,एमसीसी स्वीकार्य छैन’–अध्यक्ष नेता बस्नेत

| माघ १७, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१७ माघ, रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले अमेरिकी सहयोग परीयोजना एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताएका छन् । उनले रामेछाप टाइम्ससंग सोमबार कुराकानी गर्दै भने ‘एमसीसी पास नगरे गठबन्दन टुट्ने सम्मको चेतावनी दिनुमा केही छ, गठबन्दन् टुटेमा एकला एक्लै चुवान लड्ने हो । तर, गठबन्दनको नाममा एमसीसी कुनै हालमा पास गर्न हुदैन् ।’ 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार साँझ बसेको पाँच दलिय गठबन्दनको बैठकमा गठबन्दनले एमसीसी पास नगरे गठबन्दन टुट्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री देउवाको यो अडानले गठबन्दन टुट्ने सम्मको आशंक गरिएको गठबन्दनमा आबद्द नेताहरुले बताएका छन् ।

 

सो परिस्थिति आफ्नो धारणा सार्वजनिक गर्दै मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतले आकास फुटोसवा धर्ती फाटोस देश र जनता भन्दा ठूलो कोई छैन एमसीसीको नाममा कथित गठबन्धन चाहिन्न, कसैले धाक लगाउनु पर्दैन भनेका हुन् ।

 

उनले भने ‘एमसीसीको नाममा गठबन्दन रहनु पर्छ भन्नेम मछैन, बरु स्वातन्त्र ढङ्गाले चुनाव लड्नु पर्छ, हामी चुनाव जित्नकै लागि एमसीसी जस्तो खराब परियोजनालाई अगाडि बढाए त्यसलाई मान्दैननौ, स्वीकार्दैनौं ।’