‘आकाश फुटोस् वा धर्ती फाटोस् देश र जनता भन्दा ठूलो कोई छैन, गठबन्धन टुटेमा फरक पर्दैन,एमसीसी स्वीकार्य छैन’–अध्यक्ष नेता बस्नेत

| माघ १७, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१७ माघ, रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले अमेरिकी सहयोग परीयोजना एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताएका छन् । उनले रामेछाप टाइम्ससंग सोमबार कुराकानी गर्दै भने ‘एमसीसी पास नगरे गठबन्दन टुट्ने सम्मको चेतावनी दिनुमा केही छ, गठबन्दन् टुटेमा एकला एक्लै चुवान लड्ने हो । तर, गठबन्दनको नाममा एमसीसी कुनै हालमा पास गर्न हुदैन् ।’ 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार साँझ बसेको पाँच दलिय गठबन्दनको बैठकमा गठबन्दनले एमसीसी पास नगरे गठबन्दन टुट्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री देउवाको यो अडानले गठबन्दन टुट्ने सम्मको आशंक गरिएको गठबन्दनमा आबद्द नेताहरुले बताएका छन् ।

 

सो परिस्थिति आफ्नो धारणा सार्वजनिक गर्दै मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतले आकास फुटोसवा धर्ती फाटोस देश र जनता भन्दा ठूलो कोई छैन एमसीसीको नाममा कथित गठबन्धन चाहिन्न, कसैले धाक लगाउनु पर्दैन भनेका हुन् ।

 

उनले भने ‘एमसीसीको नाममा गठबन्दन रहनु पर्छ भन्नेम मछैन, बरु स्वातन्त्र ढङ्गाले चुनाव लड्नु पर्छ, हामी चुनाव जित्नकै लागि एमसीसी जस्तो खराब परियोजनालाई अगाडि बढाए त्यसलाई मान्दैननौ, स्वीकार्दैनौं ।’  
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार