‘सोनाम ल्होसार’को अवसरमा सुनापति गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

| माघ १७, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

१७ माघ, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ‘सोनाम ल्होसार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

 

आज सोमबार ‘सोनाम ल्होसार’को शुभकामनासहितको एक सूचना जारी गर्दै पालिकाले २८५८ औं (च्यानल्हो) ‘सोनाम ल्होसार’को अवसरमा भोली मंगलबार १८ गतेदेखि २० गते बिहिबारसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत  कमलराज श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

 

 

पालिकाले पर्वलाई कोरोना महामारीलाई मध्यनजर राखि स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई पालना गर्दै मनाउन समेत आग्रह गरेको छ । 

 

 

सुनापतिमा तामाङ्  समुदायको बाहुल्यता रहेको छ । 

सूचना हेर्नुहोस्