रामेछापमा चालु आर्थिक वर्षमा यी सात मुख्य सडक कालोपत्रे हुदैः हेर्नुहोस् कुन कुन ?

| माघ १८, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

१८ रामेछाप । रामेछाप जिल्लामा चालु आर्थिक वर्षमा करिब १६ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । हाल जिल्लामा करिब ४३ किलोमिटर सडक कालोपत्रे छ । 

 

गत आर्थिक वर्ष २०७७/७८ मा मन्थली–साँघुटार–घोराखोरी,कालो–चौतारा सिंगटी–च्यादलु,खैरेनीघाट–बेथान–गाल्वा,मन्थली–मदौ–राल्टार– सामलथान–सालु, मन्थली–गाल्वा–चौरीखोला (लखनपुर) र मन्थली–चनखु वडा कार्यालय जोड्ने सडक कालोपत्रै भएका थिए । 

वर्षा याममा सडक हिलो भएपछि यात्रुबहाक बस तान्दै यात्रु । तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

त्यस्तै सित्खा–भिरपानी–गोगनपानी–फुल्पा–धुले–मेगर्पा–भदौरे हुँदै भोटनागी, खैरेनीघाट–राकाथुम–गाल्वा–दोरम्बा–टोकरपुर–गौश्वारा, सित्खा–आँपचौर–रायगाउँ (चुल्ठेपानी), फर्पु–नामडी–बेताली–रस्नालु–ठोसे– गर्जाङ् र  लखनपुर–गाल्वा–मन्थली जोडने सडक कालोपत्रे भएको पूर्वधार विकास कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ ।


गत आर्थिक वर्षमा जिल्लामा कूल ४३.८२५ किलोमिटर सडक कालोपत्रे भएको कार्यालयका सूचना अधिकारी पुरुसोत्तम महर्जनले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत कालोचौतारा– सिंगटी–गलभ–च्यादलु सडक ५.० किलोमिटर,  मन्थली–गाइखुरा–चिसापानी वडा कार्यायल हुँदै पुरानागाउँ जोड्ने ७.० किलोमिटर कालोपत्रे भएका हो । 


त्यस्तै रामेछाप‘–खिम्ती–बेताली–धारापानी–रस्नालु–ठोसे–गर्जाङ सडक, गोकुलगंगा गाउँपालिकाको २.१ किलोमिटर सडक पनि कालोपत्रेको चरणमा रहेको छ । सूचना अधिकारी महर्जनका अनुसार सित्खा–आँपचौर–रायगाउँ (चुल्ठेपानी) सडक कालोपत्रे यो वर्ष पनि १ किलोमिटर कालोपत्रेको सूचीमा परेको छ ।  

वर्षा याममा सडक नदीले भत्काएको सडक सफा गर्दै सडक । तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स


कोरोना महामारीको तेस्रो लहरले आक्रान्त पारेको अवस्थामा जिल्लामा गत वर्षको भन्दा न्यून संख्यामा सडक कालोपत्रे हुन लागेको छ । उनी भन्छन् चालु आ.व.मा कूल १५.१ किलोमिटर सडक कालोपत्रे हुने छ । यी योजनाहरु गतसालनै सम्झौता भएर आएका योजनाहरु हुन् । आउदो चैतसम्ममा योजना सक्ने हाम्रो लक्ष्य छ ।’ 

पूर्वाधार विकास कार्यालय रामेछाप । तस्विर मिलन घिमिरे रामेछाप टाइम्स


कोरोना महामरीको तेस्रो लहरले आक्रान्त पारिरहेको तत्कालिन अवस्थामा व्यवस्थापनको काम धमाधम भैरहेको भन्दै योजना समयमै सम्पन्न गर्न लागि परेको उनले बताए । ‘तत्कालिन अवस्थामा महामारीले केही असर गरेको छ । योजना समयमै सक्न हामी लागि परेका छौं ।’

 

जिल्लामा भौगोलीक विकटताकै बाबजुत धेरै सडकहरु धमाधम बन्ने चरणमा छन् । तर, वर्षयाममा सडकमाथिबाट पहिरो खस्ने, हिलो हुने लगाएतका कारणले यात्रुले सास्ति खेप्दै आएका छन् ।