मन्थली नगरपालिकाले निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने (सूचनासहित)

| माघ १८, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

१८ माघ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने भएको छ । गत वर्ष पनि नगरले आयोगको तयारी कक्षा संचालन गरेको थियो ।

 

आज मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले द्वितिय श्रेणीको खरिदार वा सोसरहको एकिकृत पाठ्यक्रममा आधारित रहेर कक्षा संचालन गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार ‘कहिले र कसरी’ अध्यायपन गराउने भन्ने बारेमा कक्षा लिन चहानेहरुको मागको आधारमा निर्णय गर्ने तयारी छ । गत वर्ष मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसमा क्याम्पससँग समन्वय गरेर कक्षा संचालन गरेको नगरले यो पकट कोरोना महामारीको परिस्थितिलाई हेरेर कक्षा संचालनमा ल्याउने बारे निर्णय गर्ने पौडेलले बताए । यो पटकको कक्षमा प्रविधिको प्रयोगलाई बढि प्राथमिकता दिने उनको भनाई छ । 

 

आयोगको कक्षामा सहभागी हुनको लागि मन्थली नगरभित्रका १४ वटा वडाका नगरबासी हुनु पर्ने छ । साथै कक्षा १२ उर्तिण गरेको हुनुपर्ने छ । कक्षा लिनको लागि आउदो २७ गतेसम्म नाम दर्ता गर्नु पर्ने छ ।


गत आर्थिक वर्षमा नगरले संचालन गरेको आयोगको कक्षामा ३६ जनाले निःशुल्क कक्षा लिएका थिए । यो पटक ५० देखि ६० जनाको हाराहारीमा कक्षा लिनेको माग भएका अपेक्षित उद्देश्य हाँसीले हुने उनको दाबी छ । 


नगरपालिका भित्रका हरेक घरपरिवारका शिक्षित जनशक्ति राज्यको सरकारी सेवामा लाग्न प्रेरित होस् भन्ने उद्देश्यले निःशुल्क आयोगको कक्षा संचालन गर्न लागेको नगरप्रमुख रमेशकुमार बस्नेतले बताए । उनले नगर आफ्न नगरबासीलाई निःशुल्क शिक्षा दि‌दै रोजगारमुखी बनाउने लक्ष्यमा केन्द्रित  रहेको सुनाए । साथै यो अवसरको फाईदा लिन उनले सबैलाई आग्रह गरे । 

सूचना हेर्नुहोस्