खाँडादेवी गाउँपालिकाले राष्ट्रिय जनगणनाको तथ्याङ्क ‘गलत’ भएको भन्दै सुरु जनगणनाः फागुन १५ गतेभित्र सहि तथ्याङ्क सार्वजनिक गर्ने

| माघ १९, २०७८ बुधबार

A A A
A A A

१९ माघ,रामेछाप । राष्ट्रिय जनगणना २०७८ मा जनसंख्या अप्रत्यासित रुपमा घटेको तथ्याङ्क सार्वजनिक भएपछि रामेछापको खाँडादेवी गाउँपालिकाले जनगणना सुरु गरेको छ । आइतबारदेखि पालिकाभित्रका नौं वटा वडामा एक–एक जना स्वयंसेवक खटाएर गणना सुरु गरेको पालिका अध्यक्ष प्रेमबहादुर तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘त्यो तथ्याङ्क अत्यासित छ । २–२ वर्षमा पालिका आफैले गणना गर्दै आएका छौं । दुई वर्ष अगाडि गरिएको गणनामा ३३ हजार जनसंख्या थियो । अहिले यो संख्या बढ्नु पर्नेमा त्यो नहुनु मिथ्य तथ्याङ्क रहेको छ पुष्टि हुन्छ ।’ 


जिल्लामा सो पालिकाले आफैले प्रत्येक २–२ वर्षमा पालिकाको जनसंख्याको गणना गर्दै आएको छ । तर, भर्खरै सार्वजनिक गरिएको नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा पालिकामा १९ हजार ३ सय ८१ जना जनसंख्या रहेको विवरण सार्वजनिक भएपछि उक्त तथ्याङ्क सहि नभएको भन्दै पालिका आफैले स्वयंसेवाक खटाएर  जनगणना सरु गरेको अध्यक्ष तामाङ्ले रामेछाप टाइम्ससँग बताए । 


सो पालिकामा जिल्ला निर्वाचन कार्यालय रामेछापले संकलन गरेको पछिल्लो विशेष मतदाता नामावलीमा मात्रै २२ हजार भन्दा बढी मतदाता रहेको तथ्याङ्क छ । निर्वाचन कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिकामा २२ हजार १ सय ६० जना मतदाता रहेको तथ्याङ्क छ । तर, जनसंख्या भने १९ हजार ३ सय ८१ जना मात्रै भएको तथ्याङ्क बाहिरिएपछि पालिकाले उक्त तथ्याङ्क नस्वीकार्ने भएको हो । 

 

अध्यक्ष तामाङ् भन्छन् ‘हाम्रोमा दुई वर्ष अगाडिको गणनामा ५१ सय बालबालिका विद्यालयमा रहेका थिए । अहिले त्यो तथ्याङ्क नै, छ हजार छ । मृत्यु दर पनि कम छ । जनसंख्या बढेको हुनुपर्छ घट्ने सम्भावना छैन् ।’ 
 
यो अन्यौलतालाई चिर्नको लागि हामीले अब ‘स्टिकर’ बनाएर पठाएका छौं, हरेक घरमा स्टिकर टाँसेर विवरण लिदै छौं । हामीले लिने तथ्याङ्कमा गणकले सहि गलत लिएको थाहा पाउने अर्थात अनुगमन् गर्दा पनि सहज हुने विधि अपनाएका छौं अध्यक्ष तामाङले भने ।’

पालिका कार्यालय तस्विर फाइल
 
उनका अनुसार आइतबार देखि गणनाको काम सुरु भएकाले आउदो फागुनको १५ गतेभित्र पालिकाले संकलन गरेको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने तयारी छ । ‘काम सुरु भैसक्यो, फागुनको १५ भित्र तथ्याङ्क सार्वजनिक हुन्छ ।’ 


खाँडादेवी गाउँपालिका मात्रै नभएर रामेछाप जिल्लाकै जनसंख्या अनपेक्षित रुपमा घटेको सार्वजनिक तथ्याङ्कले देखाएको छ । 

 

सार्वजनिक जनसंख्या अनुसार रामेछाप जिल्लामा कूल १ लाख ७० हजार ६ सय २० जना मात्रै रहेको छ । २०६८ सालको जनगणना अनुसार जिल्लामा २ लाख २ हजार ६ सय ४६ जनसंख्या रहेको थियो । जिल्लाको जनसंख्या ऋणात्कम अवस्थामा पुगेको छ । 

 

यसैबीच केन्द्रमा पनि सांसद सहितका विभिन्न नेता तथा आममानिसले समेत पछिल्लो जनगणनाको तथ्याङ्क अपुष्ट रहेको भन्दै पुःन जनगणना हुनुपर्ने माग उठेको छ । सांसदहरुले नै पुःन जनगणना हुनु पर्ने माग गरेका छन् । नेपालमा २०६८ सालको ११ राष्ट्रिय जनगणना अनुसार २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना जनसंख्या रहेको तथ्याङ्क थियो । भने यो १० वर्षको अबधीमा नेपालको जनसंख्या ३ करोड हुने अपेक्षा गरिएको थियो । विगत केही वर्षदेखि नेपालको जनसंख्या तीन करोड रहेको दाबी समेत गर्दै आएको थियो । तर, पछिल्लो जनगणना अनुसार त्यो संख्या पुगेको देखिदैन । 

 

पछिल्लो सार्वजनि विवरण  अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ ।