रमेशकुमार बस्नेत भन्छन्- ‘एमसीसीलाई लिएर देशभित्र झगडा गर्नुको साटो एनसेलले तिर्नु पर्ने अर्बौं कर उठाउन लागौं’ (भिडिओसहित)

| माघ १९, २०७८ बुधबार

A A A
A A A

१९ माघ, रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले सहकारीहरुले जनताको पसिना झोलामा पोकोपारेर राख्न नहुने बताएका छन् । सेवालाई विस्तार गर्न नसक्ने र उद्देश्य मिल्ने सहकारीबीच ‘मर्ज’ एकताको आवश्यकता रहेको उनको भनाई छ ।

 

बुधबार आज सदरमुकाम मन्थलीमा रामेछाप जिल्ला सहकारी संघको चौथो वार्षिक साधारण सभा एवं दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले सहकारीहरुले लगानीलाई उत्पादन मूलक क्षेत्रमा लागू गर्न नसकेको तर्क गरे । उनले भने ‘स्थानीय तह (मन्थली नगरपालिकासँग एक अर्बको बजेट छ) । तर, मन्थली बचत एकलैसँग ३० अर्बको बजेट छ । त्यसैले त्यो बजेट सहि ठाउँमा परिचालित हुने हो भने उपलब्धि हुने धेरै ठाउँ र सम्भावन छ ।’

 

लगानीलाई बढाउने र एकै खाल्का उद्देश्य भएका सहकारीलाई ‘मर्ज’ गरेर सेवा दिन सक्नु पर्नेमा नगरप्रमुख बस्नेतले जोड् दिए । 

 

उनले धेरै सहकारी भएर धेरै सेवा हुने भन्दा पनि ब्यथिति बढेको भन्दै सिमित संस्थामार्फत राम्रो सेवा दिन सक्नु पर्ने आवश्यकता औल्याए । नगरप्रमुख बस्नेतले नगरले सहकारी क्षेत्रको विकासको लागि बजेटको व्यवस्था गरेको जानकारी दिदै कोरोना महामारीले उक्त कार्यक्रम गर्न बाँधा पुर्याएको जानकारी गराए ।

 

सहकारीहरु नीति, विधि र पद्धतिमा चल्न सकेमा सहकारीमा जोडिने आममानिसको संख्या बढ्ने उनले दाबी गरे । 

 

फरक प्रशंगमा एकिकृत समाजवादी पार्टी एस रामेछापका जिल्ला अध्यक्ष मसेत रहेका नेता बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसीसी) सहयोग लिनको लागि देशभित्र झगडा गर्नुको साटो एनसेलले तिर्नु पर्ने अर्बौं रुपैयाँको कर उठाउन लाग्नु बुद्धिमानी हुने बताए । उनले भने ‘हामी एमसीसीको सहयोग लिनको लागि यत्रो देशभित्र झगडा गर्न केन्द्रित छौं । सबै को कति भ्रष्ट्रचारी छौं । आरोप प्रत्यारोप गर्दै बसेका छौं । तर, देशभित्र एनसेलले तीर्नु पर्ने कर उठाउन भने कोही लागि पर्दैनौं ।’ 

 

संघको साधारण सभा मन्थलीमा जारी छ । आजको सधारण साभामार्फत संघमा नयाँ नेतृत्व चयन हुने छ ।