स्थानीय तह र स्ववियु निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै अनेरास्ववियुको रामेछापमा सिठ्ठी जुलुस् (फोटोफिचर)

दैनिक सरकार बिरुद्ध प्रर्दशन

| माघ १९, २०७८ बुधबार

तस्विर स्रोत पुष्कर भट्टराई
A A A
A A A

१९ माघ, रामेछाप । प्रमुख प्रतिपक्षी दल एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापले सिठ्ठी जुलुस निकालेको छ । स्थानीय तह र स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै सदरमुकाम मन्थलीमा बुधबार प्रर्दशन गरेको हो । 

साथै अनेरास्ववियु रामेछापले पेट्रोलियम पदार्थको मुल्य वृद्धि पनि तत्काल फिर्ता गर्ने माग गरेको छ । अनेरास्ववियु रामेछापले सरकार विरुद्ध केही दिनदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएको छ । हालको सरकारलाई ‘उसले परमादेश’ सरकार भनेको छ । 


सरकार बिरुद्ध आन्दोलका कार्यक्रम चर्काउने निर्णय गरेको अनेरास्ववियुले कालो झण्डा, कालो ब्यानसहितका फेटोहरु, प्रर्दशन गर्दै बुधबार सिठ्ठी जुलुस निकालेको हो । 


अनेरास्ववियुले हाल सरकार बिरुद्ध देशब्यापी रुपमा दैनिक जसो प्रर्दशन गर्दै आएको छ । उनले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्नु पर्ने र पेट्रोलिएम पदार्थको मुल्य वृद्धि फिर्ता हुनु पर्ने माग राख्दै आएको छ ।