उमाकुण्ड गाउँपालिकाले भन्यो ‘कर्मचारीबीच ‘हात हाला-हाल’ भएको हैन, छलफल बिना बनेका चेकहरु रद्द गरि च्यातिएको मात्रै हो’ (विज्ञप्तिसहित)

| माघ २०, २०७८ बिहिबार

A A A
A A A

२० माघ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले पालिकाका कर्मचारीबीच ‘हातहालहाल’ नभएको स्पष्टिकरण दिएको छ । उसले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – तोक आदेश बिना बनेका चेकको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा र लेखा अधिकृत राजन प्रसाद गुरागाईबीच सामान्य छलफल भएको र छलफलको क्रममा तोकेको आदेश बिना बनेका चेकहरु रद्द गर्ने गरि च्यातिएको कुरा सत्य भएता पनि त्यस भन्दा बाहेक अन्य कुनैपनि अमर्यादित गतिविधि तथा हातहालाहाल र आरोप प्रत्यारोप नभएको कुरा स्पष्ट पार्न चाहान्छौ ।’

 

बिहिबार ‘मिडियामा पालिकाका कर्मचारीबीच हातहालाहाल भएको समाचार बाहिर आएको थियो । उक्त समाचार प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै पालिकाले विज्ञप्ति मार्फत घटना बाहिर आएको जस्तो नभएको जनाएको छ । 

 

पालिकाले बिबाद भएको समयमा अन्य कर्मचारीहरु र सेवाग्राहीहरु समेत रहेकाले घटना बाहिर आएको जस्तो नभएको पुष्टि हुने तर्क लेखेको छ । साथै पालिकाले यस्ता समाचार प्रति भ्रममा नपर्न समेत आग्रह गरेको छ । 

विज्ञप्ति हेर्नुहोस्