नेपाल सांस्कृतिक संघको केन्द्रिय सदस्यमा रामेछापका कंडेल मनोनित

| माघ २०, २०७८ बिहिबार

A A A
A A A

२० रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता केशवप्रसाद कंडेल नेपाल सांस्कृतिक संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । गत माग १५ गते शनिबार केन्द्रिय सभापति नरबहादुर थापाले मनोनित गरेका हुन् । 


सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवर्द्धन र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गरेको भन्दै कंडेललाई केन्द्रिय सदस्यमा मनोनित् गरिएको हो ।  

 

कंडेल कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समिति सदस्य समेत हुन् । उनलाई बिहिबार जिल्ला निर्वतमान पार्टी सभापति लवश्री न्यौपानेसहितको टोलीले बधाई दिएको छ ।