रामेछापको शैलुङ,गुम्देल, बाम्ती, चुचुरे लगाएका स्थानमा भारी हिमपात (फोटोफिचर)

२१ माघ, रामेछाप । रामेछाप जिल्लामा गएराति देखि विभिन्न स्थानमा यो वर्षको दोस्रो पटक हिमपात भएको छ । पहिलो पटक गत पुष १५ र १६ गते शैलुङ् गुम्देल, बाम्तिसहितका स्थानमा हिमपात भएको थियो ।
बिहिबार राति देखि जिल्लाको दोरम्बा शैलुङ्, सुनापति, उमाकुण्ड गाउँपालिकाको माथिल्लो भेगमा भारि हिमपात भएको छ । उमाकुण्ड गाउँपालिका १ गुम्देलको साबिव वडा नं १ मा अहिले पनि हिउँ पानी परिरहेको स्थानीयहरुले बताएका छन् ।
उमाकुण्डको गुम्देल, बाम्ति, प्रिती, सेर्दिङ, लगाएतका स्थानमा हिमपात भएको छ । भने गोकुलगंगा गाउँपालिकाको चुचुरे लगाएका स्थानमा हिउँ परेको छ ।
यता दोरम्बा शैलुङ् गाउँपालिकाको वडा नं १ का पर्यटकिय अभियान्ता दावासाङ्बु शेर्पाका अनुसार वडा नं १ मै एक फूटको हाराहारिमा हिमपात भएको रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘२५ सय मिटरको उचाईमा यहाँ धेरै हिउँपरेकाले शैलुङ्मा ३ फिटसम्म हिउँपरेको अनुमान गरिएको छ ।’
गएराति देखिनै सदरमुकाम मन्थलीमा सहित आसपासका स्थानमा पनि पानी परेको छ । पानी परेसंगै चिसो अत्याधिक बढेको छ ।
केही तस्विरहरु डडुवाबाट दावाजाङ्बु शेर्पाको सहयोगमा