‘एमसीसी’ खारेजीको माग गर्दै रामेछापमा ‘विप्लव’को बिरोध प्रर्दशन (फोटोफिचर)

| माघ २१, २०७८ शुक्रबार

तस्विरः सुजिता बसेल/रामेछाप टाइम्स
A A A
A A A

२१ माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा अमेरीक सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गर्दै प्रर्दशन  भएको छ ।

देशव्यापी रुपमा विभिन्न संघ संस्थाले एमसीसी खारेजीको माग गरिरहेका बेला रामेछापमा पनि नेपाल कम्युनिष्ट पार्टी महासचिव (विप्लव) नेतृत्वको समूहले परियोजना खारेजीको माग गर्दै शुक्रबार मन्थलीमा प्रर्दशन गरेको हो । 

उनीहरुले ‘अमेरीकी सहयोग चाहिदैन, देश बेच्न पाइदैन, मतियार सरकार होसियार, गठबन्दन सरकार होसियार, एमसीसी खारेज गर’ भन्दै नारा लगाएका छन् । उनीहरुले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने जिकिर माग गरेका हुन् ।