चुनाव केन्द्रित गतिविधि बढाउन पार्टी कर्यकर्तालाई सभापति तामाङ्को निर्देशन्

| माघ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले चुनाव केन्द्रित गतिविधि अगाडि बढाउन कार्यकर्तालाई आग्रह एवं निर्देशन दिएका छन् ।  उनले आफ्नो सबै ध्यान कसरी पार्टीलाई तीनै तहको निर्वाचनमा बिजयी गराउन सकिन्छ भनेर केन्द्रित भएको भन्दै जिल्लामा पार्टीका कार्यकर्तालाई चुनावी गतिविधिमा केन्द्रित भएर लाग्न आग्रह गरेका हुन् ।

 

 
आज शनिबार बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सभापति तामाङ्ले जिल्लामा पार्टीको संगठन बलियो बनाउन सबैले म,म भनेर लाग्नु पर्ने भन्दै मेरो ध्यान अहिले हामीले कसरी तीन तहको निर्वाचनमा कांग्रेसको जितलाई सुनुश्चित गर्न सक्छौं । सबैले सोचौं, एक ढिक्का भएर लागौं, पार्टीको संगठन कम्जोर भएका ठाउँमा बलियो बनाउन लागौं भने ।’

 


उनले आउदो निर्वाचनमा युवा शक्ति, पंतिलाई अगाडि ल्याउन जोड् दिएका थिए । साथै कांग्रेसले सर्वसमतिबाटै आफ्नो उम्मेद्वर तय गर्न सक्नु पर्नेमा जोड् दिएका छन् । पदाधिकारीहरुले पनि यो विषयलाई पूर्ण समर्थन गरेका छन् ।