कांग्रेस रामेछापको बैठकः‘स्थानीय तह निर्वाचन केन्द्रित छलफल मुख्य एजेण्डा’

पार्टीको ११ वटा विभागका प्रमुखहरुलाई प्रमाणपत्र प्रदान

| माघ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापको पाँचौ पदाधिकारी बैठक शनिबार आज सम्पन्न भएको छ । जिल्लाको सुनापति गाउँपालिकामा बसेको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी बैठकले आउदो स्थानीय तहको निर्वाचन केन्द्रित छलफल गरेको जिल्ला कार्यसमिति सद्स्य एवं संगठन विभागका प्रमुख सिताराम कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार आजको बैठकमा विषेशत सरकारले स्थानीय निर्वाचनको मिति जुनसुकै पनि बेला घोषणा गर्ने तयारी गरिरहेको सन्दर्भले प्राथामितकता पाएको र सोही विषयमा केन्द्रित रहेको उनले बताए । बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वरी दिनेको नाम सर्वसहमतिमा टुङ्गो लगाउनु पर्नेमा सबै एकमत देखिएको कार्कीले बताए । पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले पनि चुनाव केन्द्रीत गतिविधि बढाउन निर्देशन दिदै संगठनलाई बलियो बनाउन  तर्फ लाग्न आग्रह गरे । 

 

कांग्रेस रामेछापले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पदाधिकारी बैठक जिल्लाका आठ वटै स्थानीय तहको केन्द्रमा गर्ने निर्णय अनुसार पालिका पालिका पुगेर बैठक बस्दै आएको छ । आजको पाचौं पदाधिकारी बैठकले चौथो पदाधिकारी बैठकले गठन गरेको पार्टीको ११ वटा विभागका प्रमुखहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । 

 

साथै उनीहरुको जिम्मेवारी तोकेको, कांग्रेस टोल कमिटी गठनलाई तिब्रता दिएको र बाँकि रहेका टोल कमिटी गठनलाई चाँडो भन्दा चाँडो सक्ने निर्णय गरेको कार्कीले बताए ।