‘एकिकृत समाजवादी पार्टी जनतालाई पैसाको लोभ देखाउदै हिँड्न थाल्यो’–कैलाश ढुङ्गेल

| माघ २२, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२२ माघ, रामेछाप । नेकपा (एमाले) रामेछापका जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेलले रामेछापमा एमालेलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् । उनले भने ‘कांग्रेस, माओवादी जो–जो मिले पनि एमालेसंग कसैको केही लाग्दैन, जित एमालेको हो । 

 

काठमाडौंमा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका ढुङ्गेलले यस्तो दाबी गरेका हुन्  । उनले एकिकृत समाजवादी पार्टी (एस) ले जनतालाई पैसाको लोभ देखाउदै हिँडेको आरोप लगाए । पैसा बाँड्ने पार्टी, नाम चाहिँ समाजवादी ढुङ्गेलले भने । 

 

उनले सरकारले चुनावको मिति घोषणा गर्न आलटाल गरेको भन्दै कार्यकर्तालाई चुनाव केन्द्रित गतिविधिमा एक ढिक्का भए लाग्न आग्रह गरे । उनले निर्वाचनमा केन्द्रित हुदै ६४ वटै वडामा चुनाव जित्ने गरि काम गर्न भने । 

 

ढुङ्गेलले आउने स्थानीय तह निर्वाचनमा रामेछाप जिल्लाका ६४ वटै वडा जित्ने गरी खट्न नेता कार्यकर्तालाई आग्रह गरे ।