दिपक खड्का जिपी फाउण्डेसन् रामेछापको संयोजकमा मनोनित्

| माघ २३, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

२३ माघ, रामेछाप । नेपाली कांग्रेसका रामेछापका जिल्ला सचिव दीपक खड्का कांग्रेस निकट गिरिजा प्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डे सन्) जिल्ला संयोजकमा पदमा मनोनित भएका छन् । 

 

गत पुष १५ गते बिहिबार केन्द्रीय अध्यक्ष सुजता कोइरलाले एक पत्र मार्फत मार्फत खड्कालाई दुई वर्षे कार्यकालको लागि जिल्ला संयोजकमा मनोनित गरेकी हुन् । 

 

उनलाई जि‍पी‍ कोइराला फाउण्डेसन संचालक समितीको २०७८ पुष १५ गतेको निर्णय बमोजीम जिल्ला संयोजकमा मनोनित् गरिएको पत्रमा उल्लेख छ । जिल्ला पार्टी सभापतिलाई समेत बोधार्थ गरि लेखिएको पत्रमा खड्का जिल्ला संयोजकलाई मनोनित गरिएको हो । 

 


विगतका केही वर्ष देखिनै जिल्लामा जि‍‍ पी फाउण्डे सनलाई विभिन्न रुपमा सक्रिय रहदै आएका खड्काले पूर्ण जिम्मेवारी पाएका हुन् । उनी १४ औं जिल्ला अधिवेशनमा कांग्रेसका निर्वाचित सचिव हुन् । 

मनोनित् पत्र हेर्नुहोस्