‘विद्यालय खुलाउन प्रशासन सकरात्मक छ’–प्रजिअ पहाडी

| माघ २४, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

२४ माघ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले प्रशासन विद्यालय संचालनको लागि सकरात्मक रहेको बताएका छन् । कोरोना रोकथाम व्यवस्थापन तथा नियन्त्रण समितिको बैठक (सिसिएमसी) ले फागुन १ गते देखि विद्यालय खुलाउनको लागि सिफारिस् गरेको छ । सोही निर्णय अनुसार परिपत्र आएपछि जिल्ला कोरोना रोकथाम नियन्त्रण समिति (डिसिसिएमसी) को बैठक बसेर विद्याल खुलाउन आफूहरु सकारत्मक रहेको उनले रामेछाप टाइम्ससँग बताए । 

 

आज सोमबार रामेछाप टाइम्ससँगको कुराकानीमा बोल्दै (प्रजिअ) पहाडीले केन्द्रको निर्णय कार्यान्वयनसँगै यहाँको परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्न सक्ने अधिकार रहेको उल्लेख गर्दै संक्रमण दैनिक घटिरहकाले विद्याल खुलाउन चाडै निर्णय हुने बताए । ‘माथिको निर्णय अनुसार हामी बैठक बसेर विद्यालय खुलाउन तयार छौं, उनले भने ।’

 

तेस्रो लहरको कोरोना महामारी फैलिएपछि हाल रामेछापसहित देशभरीका विद्यालय बन्द छन् । ईन्टरनेटको पहुँच रहेका विद्यालयहरुले अनलाइन् कक्षा पनि संचालन गर्देै आएको बताउदै आएका छन् । 

 

विद्यालय बन्द हुदाँ बालबालिकाको पठनपाठन प्रभावित् भएको छ । हाल केही दिनदेखि उच्च संक्रमित हुनेको संख्या केही घटेको छ ।