‘समयमै चुनाव गर्नु उचित र उपयुक्त निर्णय हो’–एमाले नेता पौडेल

| माघ २४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२४ माघ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं एमाले रामेछापका निवर्तमान् अध्यक्ष शान्ति प्रसाद पौडेलले सरकारले उपयुक्त समयमा निर्वाचन मिति घोषणा गर्नु राम्रो कदम भएको बताएका छन् । ‘समयमै निर्वाचन गर्नु उपयुक्त निर्णय हो यो राम्रो कदम हो ।’

 

 

प्रमुख प्रतिपक्षि दलका नेता पौडेलले रामेछाप टाइम्ससँगको कुराकानी गर्दै ‘हामीले माग गर्दै आएको विषय हो । समयमै चुवान गर्नु उचित र उपयुक्त हो ।’

 

 

एमाले रामेछापले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न भन्दै केही समय अघिदेखि चरणबद्ध आन्दोल गर्दै आएको थियो ।

 

सरकारले बैशाख ३० गते निर्वाचन गर्ने आज घोषणा गरेको हो ।