‘चुनावको मिति घोषणा गरेर सरकारले संविधानको रक्षा गर्यो,प्रतिपक्षलाई चुनौती,हाम्रो पार्टी स्वागत गर्छ’–एस अध्यक्ष बस्नेत

| माघ २४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२४ माघ,रामेछाप । नेकपा एकिकृत समाजवादी पार्टी (एस) रामेछापका जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु अत्यन्तै प्रशंसा योग्य र संविधानको रक्षा गर्ने कदम भएको बताएका छन् । 


सरकारले आउदो वैशाख ३० गते निर्वाचन गर्ने घोषणा सोमबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । रामेछाप टाइम्ससँग कुराकानी गर्दै एस रामेछापका अध्यक्ष बस्नेतले आवधिक निर्वाचन महत्वपूर्ण रहेको भन्दै सरकारको यो निर्णय गरेर संविधानको रक्षा गरेको बताए । उनले आफ्नो पार्टीले यो निर्णयको हार्दिक स्वागत गर्ने बताए । 

 

उनले भने ‘प्रजातन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण हुन्छ । हामी विधिगत रुपमा सरकारले गरेको यो निर्णयको स्वागत गर्छौं । सरकारले स्टमलाई संस्थागत गर्न जरुरी थियो । त्यो भयो, हामी हार्दिक स्वागत गर्दछौं ।’ 

 

उनले अहिलेको सरकार संविधानको रक्षा गर्न कति कटिबद्ध छ भन्ने यो कदमबाट स्पष्ट पारेको बताए । उनले देउवा नेतृत्वको सरकारमाथि प्रतिपक्षी दलले उठाउदै आएको हावादारी आरोप प्रती गतिलो जवाफ भएको जिकिर गरे ।