कांग्रेस रामेछापः‘सरकारको निर्णय स्वागत योग्य छ, पार्टीलाई जिताउन सबै एक हुनुपर्छ’

| माघ २४, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

२४ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् 'कान्छाराम'ले सरकारले गरेको निर्णयको स्वागत गर्दै निर्वाचनमा केन्द्रीत हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीले सरकारको निर्णयको स्वागत गरेको उनको भनाई छ । 


रामेछाप टाइम्ससँग संक्षिप्त कुराकानी गर्दै आउदो वैशाख ३० गते निर्वाचन गर्ने सरकारको निर्णय सहि भएको बताए । उनले निर्वाचन घोषणा गरेर राम्रो काम गरेको भन्दै आफूलाई ब्यक्तिगत रुपमा निकै खुसी लागेको बताए ।

 

 ‘सरकारले मिति घोषणा गर्नु उपयुक्त निर्णय गरेको छ । निर्वाचनमा गठबन्दन हुन सक्ने सम्भावन धेरै छ । जोसँग पनि हुन सक्छ । हामी माथिको निर्णयसंगै स्थानीय स्तरमा परिस्थिति हेरेर अगाडि बढ्नु पर्ने छ । कांग्रेसका साथिहरुले अहिलेको तत्कालिन अवस्थामा सबै पालिका र वडामा भैरहेको र भोगिरहेको दुःखलाई बुझेर अबको निर्वाचनमा कांग्रेसलाई जिताउन म, म भनेर आफ्नो ठाउँबाट आजैदेखि लाग्नु पर्ने छ ।’

 

सभापति तामाङले आफ्नो पालमा ६४ वटै वडामा आफ्नो नेतृत्व जिताउन लागि परेको स्पष्ट पारे ।