माओवादी रामेछापः सरकारको निर्णयको स्वागत, बैठक बसेर अगामी रणनीति तय गर्दै

| माघ २५, २०७८ मंगलबार

तस्विर फाइल
A A A
A A A

२५ माघ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी केन्द्र) रामेछापले स्थानीय तहको निर्वाचन वैशाख ३० मै तोकिनु अत्यन्तै उपयुक्त भएको बताएका छन् । ‘यो अत्यन्तै उपयुक्त हो र स्वागत योग्य छ । सरकारको निर्णय स्वागत गर्दछौं ।’

 


मंगलबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै माओवादी केन्द्र रामेछापका जिल्ला संयोजक मैनकुमार मोक्तानले सहि समयमा निर्वाचन मिति तोकेर गठबन्दन् सरकारले स्थानीय तहलाई कर्मचारीको हातमा पुग्ने खतरा मुक्त बनाएको बताए ।



उनले जिल्लामा, जिल्ला अधिवेशन बाहेक ६४ वटै वडा, नगर÷पालिका कमिटी गठन सकिएको भन्दै अब निर्वाचन केन्द्र हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।



उनले निर्वाचन मिति तोकिसकेको अवस्थालाई ध्यानमा राख्दै अब छिट्टै जिल्ला कमिटीको बैठक बसेर अबको बाटो तय गर्ने जानकारी दिए । ‘हामी बैठक बसेर आगामी रणनीति बारे छलफल गर्नेछौं ।’