रामेछापमा कूल एक लाख ७७ हजार ९१६ जना मतदाताः कुन स्थानीय तहमा कति (तथ्याङक सहित)

| माघ २६, २०७८ बुधबार

तस्विर निर्वाचन आयोग रामेछाप, तस्विर मिलन घिमिर/रामेछाप टाइम्स
A A A
A A A

२६ माघ, रामेछाप । सरकारले निर्वाचनको मिति आउँदो बैशाख ३० गतेको लागि घोषणा गरेपछि निर्वाचन आयोग चुनाव केन्द्रित भएको छ । कानूनत निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली संकलन् गर्न पाइदैन् । सोही अनुसार मंगलबार देखि देशव्यापी रुपमा मतदाता नामावली संकलनको काम स्थगित भएको छ । 

 

गत २०७७ साल पुष ५ गतेसम्म कूल एक करोड ६२ लाख ४४ हजार एक सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । हिजोदेखि मतदाता संकलन स्थगित गरेको आयोगले नयाँ विवरण अद्यावदिकको काम जति सक्दो चाडो सुरु गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । संकलन भएको मतदाताको नाममा देखिएका त्रुटी सच्याउने, उजुरीमाथि छानबिन गर्ने, दोहोरिएको नाम हटाउने लगायतका काम गर्ने प्रवक्ता पौडेलले जानकारी दिए । 

 

यता रामेछापमा निर्वाचन कार्यालय रामेछापले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार कूल एक लाख ७७ हजार ९ सय १६ जना मतदाता पुगेका छन् । जसमा महिलाको तुलनामा पुरुषको मतदाता संख्या तीन हजार छ जनाले बढी छ । महिलाको मतदाता संख्या ८७ हजार चार सय ५५ हुदाँ पुरुषको संख्या भने ९० हजार चार सय ६१ पुगेको छ । 

कुन पालिकामा कति मतदाता ?

जिल्लाको उमाकुण्ड गाउँपालिकामा ७ हजार ८ सय ४१ जना महिला र ८ हजार ३ सय ६३ जना पुरुष गरि कूल १६ हजार २ सय ४ जना मतदाता रहेका छन् । 


गोकुलगंगा गाउँपालिकामा ९ हजार ४५ जना महिला र ९ हजार ४ सय १९ जना पुरुष गरि कूल १८ हजार ४ सय ६४ जना मतदाता छन् । 


त्यस्तै दोरम्बा शैलुङ् गाउँपालिकामा १० हजार ३ सय ८५ महिला र १० हजार ३ सय ७१ जना पुरुष गरि कूल २० हजार ७ सय ५६ जना मतदाता रहेका छन् । 


त्यस्तै लिखु तामाकोशी गाउँपालिकामा ९ हजार ८ सय २९ जना महिला र १० हजार १ सय ४४ जना पुरुष गरि कूल १९ हजार ९ सय ७३ जना मतदाता छन् । 


त्यस्तै सुनापति गाउँपालिकामा ९ हजार १ सय ४४ महिला र ९ हजार २ सय ७७ जना पुरुष गरि कूल १८ हजार ४ सय २१ जना मतदाता छन् । 

जिल्ला निर्वाचन कार्यालयमा रहेको मतपेटीका, तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

यता खाँडादेवी गाउँपालिकामा भने १० हजार ७ सय ९८ महिला र ११ हजार ५ सय ७७ जना पुरुष गरि कूल २२ हजार ३ सय ७५ जना मतदाता रहेको तथ्याङ्क निर्वाचन आयोगसँग छ । तर, आयोगको यो तथ्याङ्कमा रहेको मतदाता संख्या भन्दा पालिकाको जनसंख्या भने कम छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार २०७८ को पछिल्लो जनगणनाले पालिका भित्र कूल १९ हजार ३ सय ८१ जना मात्रै जनसंख्या भएको विवरण सार्वजनिक गरेपछि पालिकाले त्यो तथ्याङ्क गलत भएको भन्दै हाल आफै जनगणना गरिरहेको छ । 


जसअनुसार हाल गाउँपालिकाको तथ्याङ्कलाई हेर्दा खाँडादेवी गाउँपालिकामा सबै भन्दा बढी मतदाता छन् । भने उमाकुण्ड गाउँपालिकामा सबै भन्दा मतदाता रहेको तथ्याङ्कले देखाउ छ ।


यसैबीच जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा १८ हजार ९६ जना महिला र १८ हजार ८ सय ७९ जना पुरुष गरि कूल ३६ हजार ९ सय ७५ जना मतदाता छन् । भने जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा १२ हजार ३ सय १७ जना महिला र १२ हजार ४ सय ३१ जना पुरुष जना पुरुष गरि कूल २४ हजार ७ सय ४८ जना मतदाता रहेको तथ्याङ्कले देखाउछ । 


२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।

तथ्याङ्क हेर्नुहोस्


स्रोतः जिल्ला निर्वाचन आयोग