गैसस रामेछापः लामो समयदेखि भाडा नतिर्दा घरबेटिले लगाए ताला, सेवा चार महिनादेखि ठप्प

| माघ २६, २०७८ बुधबार

A A A
A A A

२६ माघ,रामेछाप । लामो समयदेखिको घरभाडा नतिरेपछि गैर सरकारी संस्था महासंघ रामेछाप –गैसस) (एनजिओ फ्रेडेसन्) को कार्यालयमा घरबेटीले ताला लगाएका छन् । संस्थाको तत्कालिन समिति समेत फेरिएर नयाँ समिति आइएसकेको छ । तर, पूरानै समिति रहदा देखिकै भाडा बाँकि भएपछि बाध्य भएर संस्थामा ताला लगाउनु परेको घरबेटी कृष्णप्रसाद ढुङ्गेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।  


उनका अनुसार २०७५ साल कात्तिक मसान्तसम्मकै ३९ हजार रुपैयाँ घरभाडा बाँकि छ । सो समयमा मिलनकुमार घिसिङ् जिल्ला अध्यक्ष रहेका थिए । हाल उनी केन्द्रिय सदस्य बनिसकेका छन् ।  
त्यस्तै वर्तमान अध्यक्ष भुवनकुमार श्रेष्ठको कार्यकाल अन्तर्गत २०७५ साल मंसिरदेखि २०७८ साल माघ मसान्त सम्मको एक लाख १७ हजार घरभाडा बाँकि छ । 


मासिक तीन हजार रुपैयाँ भाडा सम्झौता अनुसार कूल एक लाख ५६ हजार रुपैयाँ भाडा पाउन बाँकि रहेको घरबेटी ढुङ्गेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘घरभाडाको रकम पटक–पटक माग्दा पनि नदिएपछि बाध्य भएर ताल्चा लगाएको छु । भाडा नपाउदाँ सम्म चाबी खुल्दैन् ढुङ्गेलले भने ।’ उनका अनुसार गत असोजदेखिनै कार्यालयमा ताला लगाइएको हो । ‘फोन गर्दा रिसिभ हुदैन । म्यासेज गर्दा रिप्लाई हुदैन् । देखाभेट हुँदा बसेर मिलाउनु पर्छ भन्छन् त्यति हो ।’ 

गैसस कार्यालय ढोकामा ताल्चा लगाएको तस्विर नवराज श्रेष्ठ ।
२०६९ साल देखि भाडामा बस्दै आएको गैर सरकारी संस्थाहरुको छाता संगठन कार्यालयमा ताला लागे पछि सेवा ठप्प छ । गैससबाट हुनु पर्ने विभिन्न संस्था नविकरणहरु अहिले अन्यौलमा छन् । 

 

कार्यालयमा ताला लगाएको विषयमा अध्यक्ष भुवनकुमार श्रेष्ठ भने भोली देखिनै ताल्चा खोल्ने गरि काम भैरहेको भन्दै कार्यालयमा ताला लागेको कुरालाई समस्या मसाधान तर्फ गएको बताउछन् । ‘म काम विषेशले बाहिर छु । घरबेटीको हातमा भोली भाडा बापतको पैसाउ पाउनुहुन्छ । भाडा तिर्न बाँकि छ । हामीसंग प्रोजेक्ट छैन । कर्मचारी पनि राखेका छैनौं । तर, सेवा प्रवाह रोकेका छैनौं । कन्सल्टेन्सी मार्फत हाम्रो सेवा पनि भैरहेको छ उनले भने ।’ अफिसेली काम नरोकिएको उनको भनाई छ । 

 

गैससले संस्थाको भाडासंगै कर्मचारी तलब समेत नदिएको कर्मचारी स्रोतले बतायो । संस्थाका एक कर्मचारी भन्छन् ‘धेरै महिना काम गरे, तर तलब भत्ता अहिलेसम्म पाउन सकेको छैन् । पटक–पटक तलब माग गर्दा हुन्छ एक दुई दिन पर्ख भनेर टार्ने काम मात्रै भयो । तर तलब पाको छैन् ।’