मन्थली नगरले संचालनमा ल्यायो ‘१५ बेडको मन्थली अस्पताल’ (भिडिओ/फोटोफचिर)

| माघ २७, २०७८ बिहिबार

A A A
A A A

२७माघ, रामेछाप । मन्थली नगरपालिकाले ‘प्राथामिक स्वास्थ्य केन्द्र मन्थली’लाई ‘मन्थली अस्पताल’को रुपमा संचालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच मन्थली नगरपालिका 
बिहिबार नगरप्रमुख रमेशकुमार बस्नेतले मन्थली अस्पतालको उत्घाटन् गरेका हुन् । 

 


सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा प्राथामिक स्वास्थ्य केन्द्रले हालसम्म सेवा प्रदान गरेपनि अस्पतालको आवश्यकता भएकाले तत्कालको लागि १५ बेड क्षमताको अस्पताल उत्घाटन् गरि सेवालाई विस्तार गरेको नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी गराए । सदरमुकाम भएकाले नगरभित्रका मात्रै नभई दोलखा, ओखलढुङ्गा लगाएत जिल्लाका समेत बिरामीहरु अस्पतालमा आउने भएकाले पनि अस्पतालको स्तर उन्नति गर्दै सेवा विस्तार गरिएको उनले बताए । 


‘स्वस्थ नागरिक, स्वास्थ मन्थली’ मूल नारासहित नगरले स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिएको नगर बताउछ । ‘हामी नगरका आमनागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य सेवालाई विशेष प्राथामिकता दिएका छौं । वडा वडामा हामीले स्वास्थ्य केन्द्र, प्राथामिक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य चौकी लगाएतबाट सेवा प्रदान गर्दै आएका छौं । यी सबैलाई समेटेर अझ सेवालाई विस्तार गर्न अस्पताल संचालन ल्याएका हौं फुयाँलले भने ।’


हाल नगरमा ९ सहरी स्वास्थ्य केन्द्र, ९ वटा स्वास्थ्य चौकी, दुई वडा अस्पताल, गेलुको प्राथमिक स्वास्थ्य चौकी, ३ वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई वटा आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा छन् । 

 

७५३ वटै स्थानीय तहमा पहिलो पटक निःशूल्क मृगौला परिक्षण जस्ता स्वास्थ्य महत्वपूर्ण स्वास्थ्य अभियान लिएर हिडेको नगरले नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै २४ सै घण्टा बिरामी भर्ना, ए(क्सरे सेवा, सुरक्षित प्रसुती सेवा, एम्बुलेन्स सेवा सहितको अस्पताल संचालनमा ल्याएको हो । साथै जटिल प्रकृतिका बाहेक अप्रेसन समेत हुने अस्पतालले जनाउछ । जटिल प्रकृतिका बाहेक अप्रेसन् पनि हुन्छ स्वास्थ्य प्रमुख फुयाँल भन्छन् । 


आफूहरु निर्वाचित भएर आउदाँ बिरामी पुग्नै नसक्ने डाँडामा स्वास्थ्य केन्द्र भएको स्मरण गर्दै जटिल प्रकृतिका बाहेक अप्रेसन हुनेसम्मको विकास गर्न सकेको भन्दै गर्छु भनेर लागे विकास सबै सम्भव भएको नगरप्रमुख बस्नेतको विश्वास । उनले अस्पतालको संचालनमा ल्याउन निकै समस्या रहेपनि ती समस्यालाई चुनौतीका रुपमा लिएर सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याउन लागि परेको बताए । अस्पतालमा प्राविधिर  भौतिक पक्षले सुविधा सम्पन्न रहेको भन्दै सेवा प्रवाहमा तत्परता दिन कर्मचारीहरुलाई उनले आग्रह गरे । ‘सेवा दिन कन्जुस्याई नगर्नुहोस्, हामी हाम्रो तर्फबाट सबै सहयोग गर्न तयार छौं । हाम्रो कार्यअबदी सकिएपनि हामीले जग बलियो खडा गरेका छौं यसलाई उपयोग राम्रो होस् ।’  


त्यस्तै आफूहरु निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भएको मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीले आफूहरुले खडागरेको जगलाई दिर्गकालिन रुपमा प्रयोगमा ल्याउन आग्रह गरिन्छ । उनले देखिने गरि धेरै काम भएको भन्दै आफ्नो कार्यकाल सकिए पनि अगामी दिनहरुमा स्वास्थ्य क्षेत्रमा रहेर विकासका कामहरु अगाडि बढाउन नयाँ आउन नेतृत्वलाई आग्रह गरिन् । 


प्रशासकिय क्षेत्रबाट अस्पताल संचालन् गर्न अब कुनै अबरोध नरहेको स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै कसर बाँकि नराख्न प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले प्रतिबद्धता जनाए । उनले अब अस्पताल संचालनको लागि कर्मचारी प्रर्याप्त, रहेको भौतिक, संरचना पनि तत्कालको लागि परिपूर्ती अवस्थामा पुगेकाले संकोच मानसिकता परिवर्तन गरेर सेवा प्रवाह गर्ने आग्रह गरे । 


त्यस्तै अस्पताल नगरको एक महत्पूर्ण अंग रहेको भन्दै अस्पतालका डाक्टर नवराज श्रेष्ठले नगरले सधै भरि आफूहरुलाई नजिकबाट समन्वय गर्न आग्रह गरे । उनले अस्पतालको रुपमा सेवा विस्तार भएपछि खुसी ब्यक्त गर्दै सबै मिलेर चुस्तदुरुस्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 

 

त्यस्तै जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज थपलियाले मन्थली अस्पताल र जिल्ला अस्पताल रामेछापबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । 

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

\