रोशन पाख्रीनको राजीनामा स्वीकृत (पत्रसहित)

| माघ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ माघ, रामेछाप । गत पुष २० गते पारिवारीक कारण देखाउदै जिल्ला अस्पताल रामेछापको अध्यक्षबाट राजिनामा दिएका रोशन पाख्रीनको राजिनामा स्वीकृत भएको छ । 

 

उनले प्रदेशको स्वास्थ्य मन्त्री सहित स्वास्थ्य मन्त्रालयलाई राजिनामा पत्र बुझाएका थिए । जिल्ला अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो कार्यकालमा गरेको प्रगतीसहित उनले राजिनामा बुझाएका थिए । सो राजिनामा स्वीकृत भएको मन्त्रालयले जनाएको छ । 

 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पाख्रीनको राजिनामा स्वीकृत गर्दै पदमुक्त गरिएको भनेको छ । 

 

‘प्रदेश भित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन (पहिलो संशोधन, २०७८) आदेश, २०७५ बमोजिम मिति २०७८÷१०÷२६ देखि लागू हुने गरी सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदबाट यस मन्त्रालय (माननीय मन्त्रिस्तर) को मिति २०७८–१०–१८ गतेको निर्णयानुसार पदमुक्त गरिएको व्यहोरा अनुरोध गर्दछु भनिएको छ । 

राजिनामा पत्र र स्वीकृ पत्र स्वीकृत हेर्नुहोस्