डिसिसिएमसीको बैठकः हाल बन्द क्षेत्र सबै खुलाउने निर्णय

| माघ २८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ माघ, रामेछाप । जिल्ला कोरोना रोकथाम तथा नियन्त्र, व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसि हाल बन्द रहेका सबै क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको छ । फागुन १ गतेदेखि विद्यालय खुलाउन दिने निर्णय भएको हो । 

 

त्यस्तै राजनीतिक, प्रशासनिक र सामाजिक÷सांस्कृतिक लगायतका कार्यक्रमहरु गर्दा जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर १०० जना सम्मको उपस्थितिमा गर्न दिने निर्णय गरेको हो । 

 

त्यस्तै विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु, संचालन गर्न दिने भएको छ । शैक्षिक संस्थाहरुमा ज्वरो आएका तथा रुघाखोकी लागेका विद्यार्थी  र शिक्षकहरुमा कोभिड–१९ संक्रमण हुने सम्भावना रहेको भन्दै  आधारमा अनिवार्य रुपमा कोभिड–१९ परीक्षण गर्ने गर्नु पर्ने भनिएको छ । 

 

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सह–चालकले मास्क र भाइजर लगाउने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुलाई मास्क अनिवार्य गरी सवारी साधनको ढोकामा र भित्र समेत स्यानीटाइजरको व्यवस्था गर्नु पर्ने भनिएको छ । 


त्यस्तै पूर्व निर्धारित खेलकुद कार्यक्रम सञ्चालन गर्न पाइने भएको छ । 
 
खोप कार्ड हराएका व्यक्तिहरुलाई खोप कार्डको प्रतिलिपि सहज ढंगबाट उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य कार्यालयले सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु मार्फत व्यवस्था मिलाउने निर्णग गरेको हो । 

 

त्यस्तै होटल, रेष्टुरेण्ट पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड (मोवाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र सम्बन्धित निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश गराउने निर्णय गरिएको छ । मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी पूजा, ध्यान, प्रथाना गर्ने÷गराउने व्यवस्था मिलाउने आदेशमा भनिएको छ । 

 

त्यस्तै जिल्लाका सबै सेवा प्रदायक निकायहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय गरिएको हो  ।

निर्णय हेर्नुहोस् जस्ताको तस्तै