जिल्ला अस्पताल रामेछापको अध्यक्षमा यामकुमार पाख्रीन नियुक्त

| माघ २९, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

२९ माघ, रामेछाप । जिल्ला अस्पताल रामेछापको अध्यक्षमा यामकुमार पाख्रीन नियुक्त भएका छन् । यसअगाडिका अध्यक्ष रोशन पाख्रीनले पारिवारीक कारण देखाउदै पदबाट जारीनामा दिएपछि अस्पतालको अध्यक्ष पद रिक्त रहेको थियो । 

 


बाग़मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदको यही माघ २८ गते बसेको बैठकले पाख्रीनलाई अध्यक्षमा नियुक्त गरेको हो ।  कांग्रेस रामेछाप नगरपालिकाका नगर सहसचिव समेत रहेका पाख्रीन ज़िल्ला अस्पतालको संचालन तथा व्यस्थापनको अध्यक्ष मा नियुक्ति भएका हुन् । 

 

उनलाई अध्यक्षमा नियुक्त भएपछि कांग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहितको टिमले बधाई दिएको  छ ।