गाईखुरामा ऐतिहासिक महादेव मन्दिरको जग्गा हडपेर सडक खनेपछि स्थानीय आक्रोशित्

| माघ २९, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२९ माघ,रामेछाप । रामेछापको मन्थली नगरपालिकामा २०० सय र्वष पुरानो महादेव मन्दिरको सार्वजनिक जग्गा हडपेर सडक बनाएपछि स्थानीय आक्रोशित् भएका छन् । उनीहरुले केही व्यक्तिले आफ्नो स्वार्थको लागि मन्दिरको सार्वजनिक जग्गा हडपेर मन्दिरको सुरुक्षा र सम्वर्धनको लागि निर्माण गरेको ‘वाल’ समेत भत्काएर सडक विस्तार गरेपछि आन्दोलन् गर्ने चेतावनी दिएका हुन् ।

 

मन्थली नगरपालिका वडा नं ८ गाइखुरा स्थित् २०० वर्ष पुरानो श्री नर्मदेश्वर महादेवको मन्दिरको नाममा रहेको एक रोपनी बढि जग्गा अतिक्रमण हुनथालेपछि स्थानीय आन्दोलित भएका हुन् । शुक्रबार मन्थलीमा पत्रकार सम्मेलन गरी स्थानीयले ऐतिहासिक मन्दिरको अस्तित्व समाप्त पार्ने गरि मन्दिरको जग्गा मासेर सडक निर्माण गरेको बताएका छन् । यसरी सडक निर्माण गर्नेहरुमा पुष्कर पुरी, ज्ञानबहादुर पुरी र कृष्णबहादुर पुरी रहेको पत्रकार सम्मेलनमा स्थानीयहरुले बताए ।

 

पत्रकार सम्मेलनमा बोल्दै स्थानीय सानोबाबु पुरीले भने ‘मन्दिरको जग्गा पछि उनीहरुको जग्गा ‘पल्टिङ्’ गरेर बेच्नको लागि मन्दिरको जग्गा मिचेर बनाएको ‘वाल’ समेत भत्काएर विभिन्न ब्यक्तिले अनुमति दिएको भन्दै भत्काए ।’ मन्दिरको जग्गा मिचेर सडक विस्तार गर्नेहरुले भने नगरका मेयर र तारानारायण श्रेष्ठले अनुमती दिएको छ भनेर सडक खनेको स्थानीयहरुलाई जवाफ दिएको स्थानीयहरुले सुनाए । तर, मेयर रमेशकुमार बस्नेतले भने आफूले कहिलै त्यस्तो नभनेको स्पष्टै पारेको सानोबाबु पुरीले बताए ।

 

पत्रकार सम्मेलनमा एक दर्जन बढी स्थानीयहरु भेला भएका थिए । साथै उनीहरुले नर्मदेश्वरको मन्दिर ऐतिहासिक स्थल भएकाले यसको संरक्षण गर्नु सम्बन्धित् निकायसंग माग गरे । उनीहरुले सडक विस्तारको काम तत्काल नरोके आन्दोलन् गर्ने उनीहरुको चेतानवी छ । सडक विस्तार रोक्नको लागि मन्थली नगरपालिकाले समेत पत्र लेखेको छ । साथै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएको स्थानीयहरुले जानकारी गराए ।

 

उनीहरुले भने ‘हामी २०० वर्ष पुरानो मन्दिरको अस्तित्व समाप्त हुन दिदैनौं । त्यसको संरक्षणमा लाग्ने छौं, निजी स्वार्थको लागि मन्दिरको जग्गा अपचलन हुन दिदैनौं । त्यसको बिरुद्ध हामी तपाईहरुको सहयोग माग्न आएका छौं । यसले नभए हामी कानूनीबाटो पनि जान्छौं ।