पकरवासका दुई दर्जन एमाले कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश

| माघ २९, २०७८ शनिबार

A A A
A A A

२९ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासका दुई दर्जन युवा नेपाल कम्युनिष्ट् पार्टी एमाले परित्याग गर्दै (एकिकृत समाजवादी एस) प्रवेश गरेका छन् । 

 

 

शनिबार आज उनीहरुलाई एसका नेता होम बुढाथोकीले स्वागत गरेका हुन् । प्रवेश गर्नेहरुमा राजकुमार कार्की, प्रमोद कुमार तामाङ दिनेश तामाङ, सुबन तामाङ, बिन्तोष तामाङ, सुसन तामाङ, सुकराम तामाङ, जिनोद तामाङ, रबिन तामाङ लगाए रहेको बताइएको छ । 

 

 

यता लिखु तामाकोशी गाउँपालिकाबाट पनि एक युवा नेता नेकपा एमाले परित्याग गर्दै एस प्रवेश गरेका छन् । पालिकाको वडा नं ७ तिल्पुङ्का एमाले नेता इन्द्र बुढाथोकी एस प्रवेश गरेका हुन् । उनलाई पार्टीका केन्द्रिय नेता, पोलीट् ब्युरो सदस्य एवं रामेछाप ईन्चार्ज देवशंकर पौडेलले पार्टी कार्यालयमा स्वागत गरेका हुन् 

तस्विर स्रोतःएस रामेछाप सचिवालय