प्रेस चौतारी रामेछापको अध्यक्षमा श्रेष्ठ, सचिवमा थापा

| माघ २९, २०७८ शनिबार

तस्विर स्रोत सामाजिक संजाल ।
A A A
A A A

२९, माघ, रामेछाप । एमाले निकट प्रेस् संगठन, प्रेस् चौतारी नेपाल रामेछापको अध्यक्षमा नवराज श्रेष्ठ सर्वसहमतिले चुनिएका छन् । त्यस्तै सचिवमा निरोज थापाले जिम्मेवारी पाएका छन् । 

 

 

शनिबार आज सदरमुकाम मन्थलीमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट श्रेष्ठ चौतारीको अध्यक्षमा चुनिएका हुन् । यसअघि चौतारीको अध्यक्षमा युनिकबिफा घिसिङ् रहेका थिए । 

 

तीन वर्षे कार्यकालको लागि चुनिएका पदाधिकारीको उपाध्यक्षमा बिष्णु खड्का र सुमित्रा तामाङ्द्वय छन् । त्यस्तै सह–सचिवमा शंकर बरुवार र दीपक तामाङ् छनोट भएका छन् । भने कोषाध्यक्षमा सिता पुरीले जिम्मेवारी पाएकी छन् । 
 

 

चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रिय सदस्य एवं जिल्ला पार्टी ईन्चार्ज कैलाश ढुङ्गेलको उपस्थितिमा भएको कार्यक्रममा चौतारीका केन्द्रिय सदस्यद्वय नवराज पथिक र युनिकविफा घिसिङ पनि सहभागी थिए । चौतारीले पत्रकार पथिकलाई चौरारी पत्रकारीत पुरस्कारबाट सम्मान पनि प्रदान गरेको थियो । 

निर्णय हेर्नुहोस्