राकाथुममा कृष्ण मन्दिरको नवनिर्मित भवन उदघाटन्

| फागुन १, २०७८ आइतबार

A A A
A A A

१ फागुन, रामेछाप । रामेछापको राकाथुममा श्री कृष्ण मन्दिरको नवनिर्मित भवन उदघाटन गरिएको छ । 

तस्विर स्रोत विष्णु श्रेष्ठ


खाँडादेवी गाउँपालिका वडा न.१ चापबोट स्थित निर्माण गरिएको मन्दिर शनिबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष विष्णु श्रेष्ठले उत्घाटन गरेका हुन् ।

 

 

करिब २५ लाखको लागतमा निर्माण सम्पन्न भएको सो भवनमा निर्माण गर्न १४ लाख ५० हजार रुपैयाँ वडा कार्यालयलले प्रदान गरेको थियो भने बाँकि रकम विभिन्न व्यक्तित्व तथा दाताहरुबाट चन्दसंकलन्, सहयोगबाट निर्माण भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।